भर्खरै

भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्ध

  • प्रकाशित मिति : Fri-28-Jun-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाण्डौं,असार । झुटो विवरण पेश गरी भारतीय नागरिकले नेपालबाट लिएको नागरिकता सरकारले रद्ध गर्ने भएको छ । आज सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले असार ५ गते र ८ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै नागरिकता रद्ध गर्ने बताएका छन् । 
 
सञ्चार मन्त्री बाँस्कोटाका अनुसार भारतीय नागरिकलाई नेपाली नागरिक हो भनि झुटो विवरण पेश गरेर नेपाली नागरिकता दिलाउने कार्यमा संलग्न व्यक्तिहरुलाई पनि कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्ने निर्णय गरेको छ । 
 
 
नागरिकता रद्ध हुनेमा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह ,धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर रहेका छन् भने  रौतहट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता सरकारले रद्ध गर्ने भएको हो ।     

प्रतिक्रिया