भर्खरै

भारतीय नागरिकले लिएको नेपाली नागरिकता रद्ध

  • प्रकाशित मिति : Fri-28-Jun-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,असार । झुटो विवरण पेश गरी भारतीय नागरिकले नेपालबाट लिएको नागरिकता सरकारले रद्ध गर्ने भएको छ । आज सिंहदरबारमा भएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले असार ५ गते र ८ गते बसेको मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्दै नागरिकता रद्ध गर्ने बताएका छन् । 
 
सञ्चार मन्त्री बाँस्कोटाका अनुसार भारतीय नागरिकलाई नेपाली नागरिक हो भनि झुटो विवरण पेश गरेर नेपाली नागरिकता दिलाउने कार्यमा संलग्न व्यक्तिहरुलाई पनि कानुन बमोजिम कडा भन्दा कडा कारवाही गर्ने निर्णय गरेको छ । 
 
नागरिकता रद्ध हुनेमा सप्तरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह ,धनुषा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर रहेका छन् भने  रौतहट जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिने जमुना राउत भनि चिनिने यमुना सिंह र कृपाली राउत भनी चिनिने कृपाली सिंहको नागरिकता सरकारले रद्ध गर्ने भएको हो ।     

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago