भर्खरै

दलित परिवारलाई सौर्य उपकरण वितरण

  • प्रकाशित मिति : Sun-30-Jun-2019
  • - Admin
title

जाजरकोट, असार । जाजरकोटको कुशे गाउँपालिकाले ३०० दलित परिवारलाई निःशुल्क सौर्य उपकरण (सोलार) वितरण गरेको छ । गाँउपालिकाको पहलमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पूर्ण अनुदानमा सौर्य उपकरण वितरण गरीएको हो । 
 
निःशुल्क सौर्य उपकरण पाए पछि दलित समुदायमा झिलीमिली भएको छ भने  दलित परीवारमा परिवार खुशी छाएको छ । 
वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएका कुशे–३ अर्छानीका बासिन्दा सौर्य उपकारण पाएपछि  निकै खुशी भएका छन् । 
 
बिजुली बत्ती नहुँदा अँध्यारोमा बस्न बाध्य विपन्न दलित परिवारलाई निःशुल्क सोलार प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए । बत्ती नहुँदा टुकी, दियालो र मैनबत्तीको सहारामा पढ्न बाध्य दलित समुदायका बालबालिकालाई सोलारको उज्यालोले अध्ययनमा निकै फाइदा पुग्ने अध्यक्ष बस्तेको भनाइ छ । उनका अनुसार गाँउपालिकामा ६६० दलित परिवार छन् । तीमध्ये अतिविपन्न ३०० परिवारलाई सोलार वितरण गरेका रे बाँकी परिवारलाई यसै वर्ष सोलारका लागि वैकल्पिक ऊर्जासँग आवश्यक बताए ।
 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले चालू आर्थिक वर्षमा कुशेमा ३०० र बारेकोटमा ३०० दलित परिवारका लागि निःशुल्क सौर्य उपकरण प्रदान गरेको हो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 8 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 13 hours ago