इलेक्ट्रिसियन मिट कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Sun-30-Jun-2019
  • - Admin
title

 
चितवन, असार । नेप इण्डिया इलेक्ट्रिसियन मिट कार्यक्रम सम्पन्न भएको छ । नेप इण्डियाको डिलर प्रभा विद्युतीय इम्पोरीयरद्धारा आयोजित इलेक्ट्रिसियन मिट कार्यक्रम चितवनको भरतपुर स्थित स्टार व्याङ्केटमा सम्पन्न भएको हो । 
 
सन् २००४ देखि भारतमा उत्पादन हुदै आएको नेप इण्डियाका प्रोडक्टहरु विगत १ वर्ष देखि आधिकारीक रुपमा नेपाली बजारमा आएको हो । एमसिवि, मोडुलर स्वीच, फ्यान लगायतका विभिन्न किसिमका विद्युतीय सामग्रीहरु नेपाली बजारमा विक्रि गर्दै आएको नेप इण्डियाका प्रबन्ध निर्देशक चन्द्रकान्ता शर्मा जैशीले जानकारी दिए । उनका अनुसार नेप इण्डियाका डिलरहरु नेपालमा हाल सम्म देशका मुख्य शहरहरु काठमाण्डौ, हेटौडा, चितवन, पोखरा लगायत २५ स्थानमा रहेको र यो बढ्ने क्रममा रहेको बताए । नेप इण्डियाका प्रोडक्टहरु प्रति उपभोक्ता सन्तुष्ट रहेको पनि उनले जानकारी दिए । 
 
शनिबार सम्पन्न इलेक्ट्रिसियन मिट कार्यक्रममा चितवन जिल्लाका करीब २ सय २५ जना इलेक्ट्रिसियनहरुको उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया