भर्खरै

नेपाल टेलिकमको ‘एनटी सुचनाको संसार’ सेवा सुरु

  • प्रकाशित मिति : Mon-01-Jul-2019
  • -
title
 काठमाडौं– नेपाल टेलिकमले आइतबारबाट ‘एनटी सुचनाको संसार’ सेवा सुरु गरेको छ । टेलिकमले विश्वव्यापी विकास संस्था ‘भियामो’ सँग साझेदारी गरी यो सेवा सुरु गरेको हो । एक प्रकारको कल–इन सिष्टम भएको सेवा अन्तर्गत कल गरेर कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत सम्बन्धि विभिन्न जानकारी निःशुल्क रुपमा लिन सकिने टेलिकमले  जनाएको छ । टेलिकमको मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी यो सेवा उपभोग गर्न सकिनेछ ।
 
 यसको माध्यमबाट कृषि, स्वास्थ्य, समाचार, मौसम र विपत तयारी जस्ता विषयमा आवश्यक जानकारी लिन सकिनेछ । सार्वजनिक सेवाका लागि आवश्यक यस सम्बन्धी विभिन्न जानकारी भियामोले विशेषज्ञको सहयोगमा तयार पारेको हो । यसमा नेपाल सरकारका विभिन्न मन्त्रालयका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विशेषज्ञ संलग्न छन् । नेपाली भाषामा नै विभिन्न जानकारी सुन्न पाइने हुनाले यो सेवाबाट कुनै पनि उमेर समूहका साक्षर वा निरक्षर सबै नेपाली लाभान्वित हुने विश्वास छ । निकट भविष्यमा सुशासन र आर्थिक साक्षरतालगायतका थप शीर्षक समेत यसमा समावेश गरिने टेलिकमले जनाएको छ । यो सुविधा हाललाई ६ महिनाको लागि निःशुल्क उपलब्ध गराइएको छ । ऊर्जा खबर

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago