भर्खरै

सातदिन पछि काठमाडौँको फोहोर उठ्न थाल्यो

  • प्रकाशित मिति : Mon-01-Jul-2019
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,असार । काठमाण्डौं महानगरपालिकाकोे फोहोर सात दिनपछि आजदेखि उठ्न थालेको छ । सिसडोलवासीले विभिन्न मागहरु राख्दै अवरोध गरेपछि नउठेको फोहोर आजबाट उठ्न थालेको हो ।    
 
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य नेतृत्वको टोलीले आइतबार साँझ सिसडोलवासीसँग वार्ता गरेर दुई साताभित्र समस्याको पहिचान र समाधान निकाल्ने गरी समिति गठन गरेर भएपछि मात्र काठमाडौँ महानगरपालिकाको फोहोर आजदेखि उठ्न थालेको हो । 
स्थानीयवासीले स्वास्थ्यमा पुगेको प्रतिकूल असरका लागि समाधान खोज्नुपर्ने लगायतका माग राख्दै काठमाडौँको फोहोर फाल्दै आएकोे ४२ रोपनी जग्गा सरकारले वा महानगरले अधिग्रहण गर्नुपर्ने माग गरिरहेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए । 
 
प्रवक्ता डंगोलका अनुसार कामपाले सिसडोलवासीका समस्या समाधानका लागि वडा नम्बर ४ का अध्यक्ष विकास डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय समिति गठन भएको छ । समितिमा महानगरका अरु वडाका अध्यक्ष, वातावरण विभाग प्रमुख र सरोकारवाला स्थानीयवासीसमेत रहेका छन् । “समितिलाई १५ दिनभित्रमा प्रतिवेदन प्रस्तुत गर्नेगरी समयसीमा तोकिएको छ” उनले भने, “त्यही प्रतिवेदनका आधारमा समाधान निकालिनेछ ।”
 
महानगरले १३ वर्ष पहिले दुई वर्षका लागि भनेर सिसडोलमा फोहोर फाल्न थालेको थियो । तेह्र वर्ष बितिसक्दा पनि वैकल्पिक ठाउँ नहुँदा महानगरसँगै उपत्यकाका सबै नगरपालिकाले यहीँ फोहोर फाल्ने गरेका छन् । सिसडोलबासीले समयसमयमा विभिन्न मागहरू राखेर फोहोर फाल्न अवरुद्ध गर्दै आइरहेका छन् । महानगरपालिकाले केही समय पहिलेबाट यहाँको विकल्पका रूपमा बञ्चरेडाँडामा ‘डम्पिङ साइट’ निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago