भर्खरै

गृहको नक्कली लेटरप्याड, प्रवक्ता सुवेदीको किर्ते हस्ताक्षर

  • प्रकाशित मिति : Tue-02-Jul-2019
  • - Admin
title

काठमाण्डौ, असार ।  गृह मन्त्रालयको नक्कली लेटरप्याड बनाइ प्रवक्ता रामकृष्ण सुवेदीको हस्ताक्षरसमेत किर्ते गरिएको फेला परेको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको दक्षिण गेट नजिकबाट एक दम्पत्ती पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो ।
 
सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलिखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान् ३८ वर्षीय राजनकुमार थापालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 
उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने सूचनाको आधारमा महानगरिय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई शरीर खानतलासी गर्दा सरकारी छाप र दस्तखत किर्ते गरेको कागजात फेला परेको हो ।
 
उनीहरुको साथबाट गृह मन्त्रालयको नक्कली लेटर प्याडमा मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीको नक्कली हस्ताक्षर गरिएको पाइएको छ । प्रहरीले अधिकारीको बुबाको मृत्यु नेपाल सरकारको कारण भएकाले क्षतिपूर्ति स्वरुप रु ९५ करोड दिने निर्णय भएको र थप रु ८ करोड ७६ लाख दिने उल्लेख गरिएको किर्ते कागज, १३ थान बैंकको चेक, विभिन्न व्यक्तिको राहदानी तथा नगद रु ४२ हजार २१० समेत बरामद भएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस

प्रतिक्रिया