विद्युतीय बस सञ्चालनका लागि प्रदेश ३ ले ग¥यो ३० करोड विनियोजन

  • प्रकाशित मिति : Wed-03-Jul-2019
  • - Admin
title

 
असार, काठमाडौं । प्रदेश तीनको सरकारले विद्युतीय बस सञ्चालन गर्न आगामी आर्थिक वर्षका लागि  ३० करोड बजेट विनियोजन गरेको छ । उपत्यकामा विद्युतीय बस सञ्चालनका लागि  प्रदेश ३ सरकार, काठमाडौं, ललितपुर महानगर र साझा यातायात प्रालीबीच सहमति भएको छ । सोमबार एक कार्यक्रमका बीच  बिजुली बस सञ्चालन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा विद्युतीय बस खरिदका लागि प्रदेश ३ सरकारले साझा यातायातलाई ३० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सहमतिअनुसार काठमाडौं महानगरले १० करोड दिनेछ भने ललितपुर महानगर र साझा यातायातले समान २ करोड ५० लाख रुपैयाँका दरले लगानी गर्नेछन् । ललितपुरले सोमबार नै २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । 
 
कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । इन्धनबाट चल्ने भन्दा विद्युतिय बस सस्तो हुने भएको कारण पनि यसमा ध्यान दिनुपर्ने उनले बताए ।
काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले लगानी गर्ने बताए । काठमाडौं उपत्यका भित्र लाई ओभर, आकासे पुल आवश्यकताका आधारमा प्रदेश सरकारले निर्माण गर्ने बताए । कार्यक्रममा युरो ४ मापदण्डका २० वटा बस साझा यातायात लाई हस्तान्तरण गरिएको छ । 

प्रतिक्रिया