भर्खरै

दैलेखमा सुरु भयो पेट्रोलियम पदार्थको अन्वेषण, उद्योगमन्त्री यादवबाट औपचारिक अन्वेषणको सुरुवात

  • प्रकाशित मिति : Wed-03-Jul-2019
  • - Admin
title

 
 दैलेख ,असार ।  दैलेखको नाभिस्थानबाट पेट्रोलियम पदार्थको अन्वेषणको काम औपचारिक रुपबाट सुरुवात भएको छ । सोमबार चीन सरकारको विशेषज्ञ टोलीसहित  नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्वेषण कार्यको औपचारिक सुरुवात गरेका हुन् ।
 
 कार्यक्रमको सम्बोधन गर्दै उद्योगमन्त्री यादवले कर्णाली प्रदेश धेरै विकासका संभावना बोकेको प्रदेश भएकोले दैलेखबाट पेट्रोलियम पदार्थको औपचारिक अन्वेषण सुरुवात भएको बताए । अन्वेषण कार्यक्रमको सुरुवात भएपछि सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको परिकल्पना पूरा हुनेमा आशावादी रहेको  उनले बताए ।  यस्तै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पेट्रोलियम पदार्थ अन्वेषणको अनुसन्धानसँगै कर्णालीमा विकासको संभावना बढेको बताउँदै  । दैलेखका युवाले अब स्थानीय स्तरमा रोजगारी पाउने बताएका छन् । युवाका लागि सरकारले निशुल्क पढाउने र अन्वेषणको क्षेत्रमा विज्ञता प्रदान गराउन सरकार लाग्ने उनको भनाई छ । अनुसन्धानबाट उत्खननको कार्य सुरु भएपछि प्रदेश सरकार र केन्द्र सरकारले आम नागरिकको जीवनस्तर सुधारका लागि ठोस काम सुरु गर्ने उनले बताए । 
 
त्यस्तै कार्यक्रममा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले पेट्रोलियम भण्डारणको उत्खनन् गर्ने कार्य सामान्य कार्य नभएको बताएका छन् ।  पेट्रोलियम पदार्थको अन्वेषणका लागि सरकारले पूर्व संभाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएपछि कामको थालनी भएको उनको भनाई छ । नेपाल सरकार र चीन सरकारको कार्यान्वयन सम्झौता अनुसार काम सुरु भएको हो। अहिले जिओलोजिकल सर्वे म्यागनेट सर्वे हुन्छ । पेट्रोलियम पदार्थको अन्वेषणका लागि जमिनको दश किलोमिटर मुनिसम्म कति परिमाणमा छ भनेर अध्ययन र अन्वेषण हुनेछ ।  २०७२ साल चैत्र २३ गते चाइनाको विशेषज्ञ टोली अनुसन्धानका लागि दैलेख आई एकसाता अनुसन्धान गरेर फर्केको थियो । 

प्रतिक्रिया