भर्खरै

पाँचौं संस्करणको पाँच दिने चेम्बर एक्स्पो २०२० हुँदै (प्रेस विज्ञप्ती सहित)

  • प्रकाशित मिति : Thu-04-Jul-2019
  • - प्रदिप श्रेष्ठ
title

काठमाण्डौं,असार । नेपाल चेम्बर अफ कमर्शले पाँचौ संस्करणको पाँचौं चेम्बर एक्स्पो आयोजना गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शले बिहिबार पत्रकार सम्मेलन गरी आगामी फागुन १३ गते देखि १७ गते सम्म काठमाण्डौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना हुने घोषणा गरेको हो । 
स्वदेशी उद्योगलाई बणवा दिने र  गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धि जनचेतना दिने उद्धेश्यले मेला आयोजना गर्न लागेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले बताए । उनका अनुसार नेपालको चुलिदै गएका व्यापार घाटालाई न्यूनिकरण गर्न आर्थिक क्रियाकलापलाई तीव्र रुपमा चलायमान बनाउन निजी क्षेत्रको सक्रियता महत्वपूर्ण छ । त्यसैकारण यस्तो अवस्थामा देशको समग्र विकास निजी क्षेत्रको सशक्तिकरणबाट मात्र सम्भव हुने भएकोले पाँचौं संस्करणको मेला आयोजना गर्न लागेको उनको भनाई छ । यस मेलाले अन्र्तराष्ट्रिय मुलुकबाट प्रविधि तथा लगानी भित्र्याउँदै मुलुकको आर्थिक विकासमा टेवा पुग्ने उनले बताए ।
 
 
 
यस भन्दा पहिले चार पटक मेलाको आयोजना गरिसकेको छ । पछिल्लो चारपटक  सफलता पूर्वक मेला आयोजना गरी सकेको नेपाल चेम्बर अफ कमर्शले यो मेलामा व्यापारिक अन्र्तक्रिया,आयात निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको विशेष बजारीकरणमा जोड दिएको विज्ञप्तीमा उल्लेख छ ।  मेलामा यान्त्रिक तथा उपकरणको बृहत प्रर्दशनीलाई समेटेर अन्र्तराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष आर्थिक क्रियाकलाप,नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामलाई नजिकबाट नियाल्ने नेपाली उद्योगी व्यवसायीलाई सहयोग मिल्ने आयोजकको विश्वास छ । 
मेलामा यान्त्रिक तथा उपकरणको बृहत प्रर्दशनीसँगै अटोमोवाइल,विद्युतीय उपकरण,फ्लोरिङ तथा फनिर्सिङ,होम अप्लाइन्सेस,फेसन वेयर एण्ड एक्सेसरिज,मोबाइल तथा ग्याजेट लगायत विधाका उत्पादनहरु मुख्य आकर्षणको रुपमा रहेका छन् ।   
 
 
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा आयोजना हुने मेलामा विभिन्न मुलुकका उद्योगी व्यवसायी तथा तिनका छाता संंगठनहरुको सहभागिता हुने छ । मेलामा २५० भन्दा बढी प्रदर्शनी कक्षहरु रहने छन् भने ९० वटा भन्दा बढी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कम्पनीहरु तथा उद्योगीहरुको उपस्थिती रहने छ । मेलामा १ लाख भन्दा बढी अवलोकनकर्ताहरु मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । नेपाल चेम्बर अफ कमर्शले हरेक वर्ष मेलाको आयोजना गर्दै आएको छ ।   

प्रतिक्रिया