देविचौरका विपन्न परिवारलाई निशुल्क मिटर वितरण
- प्रकाशित मिति : Fri-05-Jul-2019
- -

काठमाडौं– नेपाल विद्युत प्राधिकरण पुल्चोक वितरण केन्द्रले विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेको छ । केन्द्रले हुकिङबाट हुने विद्युत चुहावट नियन्त्रण गर्न अतिविपन्न परिवारलाई निशुल्क मिटर वितरण गरेको हो ।
गोदावारी नगरपालिका वडा न।७ देविचौरका विपन्न तथा गरिव परिवारलाई १७ वटा निशुल्क मिटर वितरण गरेको पुल्चोक वितरण केन्द्र प्रमुख नरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार आर्थिक वर्षमा आवेदन परेअनुसारको मिटर वितरण गरिएको छ ।
वितरण केन्द्र अन्तर्गत विपन्न परिवार कम भएकोले पनि कम आवेदन परेको उनले बताए ।
प्राधिकरणले हुकिङबाट हुने विद्युत चुहावट नियन्त्रण गर्न देशभरका वितरण केन्द्रमार्फत विपन्न तथा अति विपन्न परिवारलाई निशुल्क मिटर वितरण गरिरहेको छ । ऊर्जा खबर