भर्खरै

नेप इन्डियाद्धारा इलेक्ट्रिसियन भलाई कोषको स्थापना

  • प्रकाशित मिति : Thu-04-Jul-2019
  • - Admin
title
चितवन, असार । नेप इन्डिया इन्टरनेशनल प्रा.लि ले इलेक्ट्रिसियनहरुको हक हितका लागि भलाई कोषको स्थापना गरेको छ ।  “घर घर को सुरक्षा” नारा सहित आफ्ना उत्पादनहरु  सार्वजनिक गर्दै  नेप इन्डियाले कोषको स्थापना गरेको हो । 
 चितवनमा सनिबार सम्पन्न एक कार्यक्रममा सबै कम्पनीहरुले आफ्नो आफ्नो उत्पादन मात्रै को जानकारी दिने गरे पनि नेप ईन्डियाले भने फाइदाको केही रकम सामाजिक सेवामा लगाउने निर्णय गरेको हो ।
 सामाजिक सेवा अन्र्तगत पहिलो चरणमा “इलेक्ट्रिसियन भलाइ कोष“ को घोषणा गरेको हो । कम्पनीका प्रमुख चन्द्र कान्त शर्मा जैसीले तत्काल रु दुई लाख रकम कोषमा जम्मा हुने र प्रत्येक बर्ष नाफाका हिसाबले कोष बढाउदै लाने बताए । नेप इन्डियाले  फाइदा मात्रै नहेरी सामाजिक दुःख सुख मा पनि हरदर साथ दिने उनको भनाई रहेको थियो । 
 प्रभा विद्युतको सहजीकरण मा सम्पन्न भएको कार्यक्रममा लेखनाथ सापकोटा,चन्द्र कान्त शर्मा, सुजन अधिकारी, दिपेश कडहरिया,राजेश गौतम, बामदेब जिसि, गोबिन्द सापकोटा, केशव चौधरी, प्रबिण पौडेल, काशीनाथ सापकोटा लगाएत अथितीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम पाका इलेक्ट्रिसियन मनोहरी अधिकारी लाई कम्पनीको तर्फ बाट सम्मान गरिएको थियो । चितवन तथा नवलपुरका इलेक्ट्रिसियन र विद्युत ब्याबसायीहरुको उपस्थितिमा कम्पनीले आफ्ना उत्पदन मोडुलर स्विच,सिलिग फेन, एम सि बि, लगाएत विभिन्न घरायसी सामानहरुका बारेमा जानकारी दिइएको थियो । नेप इन्डिया का हरेक सामानहरुमा ५ बर्ष देखि २५ बर्ष सम्म ग्यारेन्टी रहेको कम्पनी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago