भर्खरै

समृद्ध नेपाल निर्माणका लागि ईन्जिनियरीङ सेवा भन्ने नाराका साथ “इन्जिनियर दिवस” मनाइदै (विज्ञप्ती सहित)

  • प्रकाशित मिति : Fri-05-Jul-2019
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं,असार । नेपाली इन्जिनियरिङ पेशााको विकास तथा पेशाागत हकहितका लागि स्थापना भएको नेपाली इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एशोसिएसनले “समृद्ध नेपाल निर्माणका लागि इन्जिनियरीङ सेवा” भन्ने मुल नाराका साथ ५७ औं इन्जिनियर दिवस मनाउने तयारी गरेको छ ।  एशोसिएसनले शुक्रबार पत्रकार सम्मेलन गरी हरेक वर्ष श्रावण ३ गते मनाउँदै आएको “इन्जिनियर दिवस” यस वर्ष पनि श्रावण ३ र ४ गते २ दुई दिन काठमाण्डौंमा मनाउने तयारी गरेको हो । सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट इन्जिनियर दिवस समारोहको समुद्घाटन हुने जनाएको छ ।
 
 
 
 
 इन्जिनियर दिवसको समारोहमा मुलुकको समग्र पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका इन्जिनियरहरुको योगदानलाई समाजमा उजागर गर्ने उद्धेश्यका साथ काठमाण्डौंको राष्ट्रिय सभागृहमा कार्यक्रमको आयोजना गर्न लागेको नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष त्रिरत्न बज्राचार्यले बताए । देश विकासमा प्राविधिक इन्जिनियरहरुको भूमिका अहम हुने बताउँदै जब सम्म मुलुकमा प्राविधिक जनशक्तिको सेवाको सम्मान तथा दक्षताको उचित सम्बोधन गरिदैन तब सम्म मुलुकको पूर्वाधार लगायत आर्थिक तथा सामाजिक विकास सम्भव नहुने उनले बताए । विकासका कार्यक्रमहरु लिएर जनताको घरदैलोमा पुग्ने इन्जिनियरहरुको सेवालाई अधिकार सम्पन्न बनाउनु सरकारको कर्तव्य रहेकोमा दुईमत नभएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
 
 
आगामी ३ र ४ गते हुने इन्जिनियर दिवसको दिन पूर्वाधारको विकासको क्रममा पेशागत इन्जिनियरहरुले भोग्दै आएका समस्या ,चुनौती र प्रगतिको विषयमा बहस तथा छलफल गर्ने र मुल नारामा केन्द्रित भई सरकारका सम्बन्धित मन्त्रालयका सरोकारवालाहरुसँग छलफल गरी निष्कर्ष निकाल्ने आयोजकले जनाएको छ । समारोहको दोस्रो दिन नेपालको ऊर्जा,सिंचाई तथा खानेपानी ,यातायात पूर्वाधार,संघीयता कार्यान्वयन,सुशासन र सुचना प्रविधिका सम्बन्धमा ३ वटा प्राविधिक सत्र आयोजना गरिने जनाएको छ । इन्जिनियर दिवस समारोहबाट मुलुकको विकास प्रति चासो राख्ने सबैलाई देश विकासको समस्या र समाधानको बाटो पहिल्याई इन्जिनियरहरुलाई सशक्त बनाई सरकारको समृद्ध नेपाल सुखी नेपालीको नारा साकार पारेर समृद्धिमा थप योगदान पु¥याउन उत्प्रेरित गर्ने विश्वास रहेको छ । सो समारोहमा रक्तदान , वृक्षरोपण,  अन्तक्रिया तथा सेमिनार,साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रमहरुको आयोजना गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।     

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago