भर्खरै

प्राविधिक समस्यालाई लोडसेडिङ्ग भन्न मिल्दैन : क्षेत्रीय निर्देशक कर्ण

  • प्रकाशित मिति : Mon-08-Jul-2019
  • - रुपा तुलाधर
title

काठमाण्डौ, असार । नेपाल विद्युत प्राधिकरणको अत्तरिया ग्रिड कार्यालयका क्षेत्रीय निर्देशक सतिष कुमार कर्णले प्राविधिक समस्यालाई लोडसेडिङ्ग भन्न नमिल्ने बताएका छन् । 
ट्रान्सफर्मर ओभरलोड भएका कारण विद्युत आपूर्ति अनियमित भएको तर लोडसेडिङ्ग नभएको उनले बताएका हुन् ।  उनले भने हामीले “लोडसेडिङ्ग तालिका सार्वजनिक गरेका छैनौ, हाम्रो वदनामीका लागि अनाधिकृत व्यक्तिले लोडसेडिङ्ग तालिका सार्वजनिक गरी गलत सुचना प्रचार गरेको हो । ” केही दिन अघि गर्मी अचानक बढेको र विद्युत खपत क्षमता भन्दा बढी भएका कारण विद्युत आपूर्ति अनियमितता भएको उनले बताए । वर्षा सुरुवात भए सँगै विद्युत नियमित रुपमा आपूर्ति  भइरहेको उनले जानकारी दिए । हाल उच्च क्षमताको ट्रान्सफर्मर राख्ने कार्य भइरहेको र एक हप्ता भित्र सो कार्य सम्पन्न हुने पनि उनले बताए । 

प्रतिक्रिया