भर्खरै

उपत्यकामा बिजुलीका तार धमाधम ‘अन्डरग्राउन्ड’ हुँदै

  • प्रकाशित मिति : Mon-08-Jul-2019
  • - विद्युत संसार संवाददाता
title

 काठमाडौं , असार । सरकारले काठमाडौं उपत्यकासहितका प्रमुख शहरमा बिजुलीका तार अन्डरग्राउन्ड गर्नै काम अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा तथा सिंचाई मन्त्री वर्षमान पुनले आज सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा  बिजुलीका तार धमाधम अनडरग्राउण्ड भएको जानकारी दिएका हुन।  
 
मन्त्रीपुनले ऊर्जा,जलस्रोत तथा सिंंचाई मन्त्रालय सँग सम्बन्धित सांसदहरुको प्रश्नको जवाफ दिँदैे काठमाडौं उपत्यकाको उत्तरी क्षेत्र र मध्यक्षेत्रमा बिजुलीसहितका तार अन्डरग्राउन्ड थालिसकिएको बताए । 
 ‘काठमाडौँंको उत्तरी क्षेत्र र मध्य क्षेत्रमा बिजुलीको तार अन्डरग्राउन्डको काम थालिसकेका छौँ’, उनले भने, ‘काठमाडौँमा तार व्यवस्थापन अब तीव्र गतिमा अघि बढ्छ । शहरको सुन्दरता फर्काउन हामीले काम थालिसकेका छौँ ।’ मन्त्री पुनले देशका अन्य मुख्य शहरमा पनि तार अन्डरग्राउन्ड थालिने बताउँदै त्यसका लागि आवश्यक प्राविधिक सर्भेसहितका कामलाई तीव्र पारिएको जानकारी दिए  । 

प्रतिक्रिया

सम्बन्धित समाचार

मौद्रिक नीति २०८१/८२ः बजेटका पाँच कार्यक्रमलाई प्राथमिकता

काठमाडौँ, ११ साउन । सरकारले चालु आर्थ 1 day ago

संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज

काठमाडौँ, ११ साउन । नेपाल राष्ट्र बैं 1 day ago