गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सौर्यउर्जा मार्फत विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Tue-09-Jul-2019
  • -
title

बुटवल, असार । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सौर्यउर्जा मार्फत १० मेगावाट विद्युत उत्पादन गर्ने योजना अगाडि सारिएको छ ।
यसका लागि विमानस्थललाई अनुदान र ऋृण उपलव्ध गराएको एसियाली विकास बैंक एडीबीले छलफल अगाडि बढाएको छ । हालसम्मको छलफलका आधारमा अब करिव डेढ महिनाभित्रै यो विषय टुंगोमा पुग्ने एशियाली विकास बैंकका नेपालका लागि आयोजना अधिकृत नरेश प्रधानले जानकारी दिए ।
सोलार प्यानल जडान गरी विमानस्थल परिसरभित्रै कम्तीमा १० मेगावाट विद्युत उत्पादन गर्न सकिने अवधारणाका साथ एडीबीले यस्तो तयारी गरेको हो । एडीबीका नेपाल आयोजना अधिकृत प्रधानका अनुसार सौर्य उर्जामार्फत प्रति मेगावाट विद्युत उत्पादन गर्न करिव १० करोड खर्च लाग्छ । विमानस्थललाई १० मेगावाट विद्युत भने आवश्यक पर्दैन ।
तर विमानस्थलमा उत्पादन भएको विद्युत नजिकका उद्योगमा समेत आपूर्ति गर्न सकिने उनले जानकारी दिए । भैरहवा विमानस्थल मुलुककै नमुना रहेको र यहां सौर्य उर्जा जडान उपयुक्त ठानेर नयां अवधारणा ल्याइएको उनले बताए । सौर्य उर्जामार्फत अनुदान गरिए झैं १० मेघावाट नै विद्युत उत्पादन भए त्यसको बिक्री वितरणबाट विमानस्थलको आम्दानी समेत बढ्ने छ ।
 
छिमेकी मुलुक भारतको कोच्चिन अन्तर्रा्ष्ट्रिय विमानस्थल पनि सौर्य उर्जाबाट सञ्चालित रहेकाले अब त्यसको अवलोकन गरी सौर्य उर्जाको प्रयोग यहांपनि गरिने प्रधानले बताए । यसका लागि आवश्यक पर्ने रकम एडीवीले अनुदानको रुपमा उपलव्ध गराउने छ ।
 
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भसंगै विमानस्थल सञ्चालनमा ल्याउने नागरिक उड्डयन प्राधिकरणले दावी गर्दै आएको छ । विमानस्थल आयोजनाले २०१९ डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । बुटवल अनलाइन

प्रतिक्रिया