भर्खरै

वायु ऊर्जाको सम्भाव्यता र त्यसका चुनौतीहरु

  • प्रकाशित मिति : Wed-10-Jul-2019
  • - रुपा तुलाधर
title

 
नेपालमा विद्युत उत्पादनका प्रशस्त स्रोतहरु रहेका छन् । नेपालका लागि जलविद्युत ऊर्जाको प्रमुख स्रोत हो । यस बाहेक  वायु ऊर्जा, सौर्य ऊर्जा लगायत वैकल्पिक तथा नवीकरणीय ऊर्जाको सम्भनवना पनि नेपालमा प्रशस्त रहेको छ ।  
नेपालमा वायु ऊर्जाको सम्बन्धमा विभिन्न खोज तथा अनुसन्धान भईरहेका छन् । हावाबाट विद्युत निकाल्ने बारे विश्व बैंकले अध्ययन गरिरहेको छ । उच्च गतिमा हावा बहने क्षेत्रमा वायु ऊर्जाको सम्भाव्यताको खोजि  समेत भएको छ । हावाको बहावका आधारमा नेपालमा चुरे क्षेत्र, पहाडी भञ्ज्याङ तथा हिमाली क्षेत्रमा प्लान्ट राखेर हावाबाट विद्युत निकाल्न सक्ने संभावना रहेको छ । हावाबाट विद्युत निकाल्न सकिने विषयलाई कतिले हावा नै भने पनि  हाल  देशका विभिन्न ठाउँमा हावा बाट विद्युत उत्पादन भइरहेको छ ।
 
 नवलपरासी,  जुुम्ला, पाल्पा  लगायत विभिन्न स्थानमा  हावाबाट विद्युत उत्पादन भइरहेको छ । भक्तपुर नगरकोट, ओखलढुंगा, मकवानपुरको फापरबारी, बुटवल ,  मुस्ताङ कागबेनी र ठिनी, पाल्पा बतासे, रामेछाप डन्डा, मकवानपुर फाखेलमा  भने वायु ऊर्जा जडान गर्ने योजना छ । त्यस्तै ललितपुर, प्युठानको नेटा, मुस्ताङ, मोरङ थालाहा, इलामको सप्तमी बजार, धादिङको बन्जकटेरीन र ब्रुमडी लगायत ठाउँमा वायु ऊर्जा उत्पादनको अध्ययन भइरहेको छ । जलविद्युतको पहुँच नपुगेका विकट तथा दुर्गम क्षेत्रका बासिन्दाहरुका लागि वायु ऊर्जा उपयोगी छ । 
 
वायु ऊर्जाको सम्भाव्यता नेपालमा भए पनि आवश्यक प्रविधियुक्त स्रोत साधनको विकास नहुदा वायु ऊर्जा उत्पादनमा विभिन्न चुनौतीहरु रहेका छन् । हावाबाट विद्युत उत्पादनको सम्भाव्यता विकट तथा दुर्गम क्षेत्रमा रहेकाले आवश्यक सामग्रीढुवानीमा समस्या हुने, उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न, यदि कुनै उपकरण बिग्रेको खण्डमा त्यसको मर्मत सम्भारमा समस्या हुने , त्यस्तै समान गतिमा हावा नबहने हँुदा उत्पादन क्षमता एकैनासको नहुने र समान ढंगबाट विद्युत आपूर्ति नहुने जस्ता समस्याहरु वायु ऊर्जामा रहेको छ । हावा बाट उत्पादित विद्युतमा हुने यस्ता समस्याले  विद्युत व्यवस्थापनमा चुनौती थपिएको छ ।  सरकारले यस्ता चुनौतीहरुलाई पन्छाउदै  बैकल्पिक ऊर्जाका  स्रोतहरुलाई उचित व्यवस्थापन गर्न विश्वका विभिन्न मुलुकहरुले  अपनाउँदै आएका उच्च प्रविधिको अनुसरण गर्नु पर्दछ ।  प्रविधिको उचित उपयोग तथा व्यवस्थापन गर्दै विद्युत उत्पादन गर्ने हो भने नेपालको आर्थिक समृद्धि छिटै हुने देखिन्छ । सरकारले ऊर्जा क्षेत्रलाई दिएको प्राथमिकता  अनुरुप जलविद्युत, वायु ऊर्जा, सौर्य ऊर्जा क्षेत्रको विकासका लागि स्वदेशी तथा विदेशी लगानी भित्राउने कार्य पनि सरकारले गर्दै आएको छ । ऊर्जा क्षेत्रमा भित्रिएका लगानीको उचित व्यवस्थापन हुनु पर्दछ । त्यस्तै हाल विकास भएको प्रविधि अनुरुप आयोजनाहरु निर्माण सम्पन्न हुनुपर्दछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago