भर्खरै

“इजी ट्याक्सी नेपाल” एप्सबाट ट्याक्सी घरमै बोलाउन सकिने

  • प्रकाशित मिति : Wed-10-Jul-2019
  • - Admin
title
 
काठमाण्डौ, असार । काठमाण्डौ उपत्यकाभित्र  ‘इजी ट्याक्सी नेपाल’ मोबाइल एप्सबाट नै ट्याक्सी घरमा बोलाउन सकिने भएको छ । उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले मोबाइल एप्समा आधारित ट्याक्सी सेवा दिन सुरु गरेको हो । उपत्यकाका ५ हजारभन्दा बढी स्वरोजगार ट्याक्सी चालकहरू आबद्ध समाजले आना यात्रुको सुविधाका लागि प्रविधिमा आधारित ट्याक्सी सेवाको सुरुवात गरेको जनाएको छ ।  
समाजले मोबाइल एप्स ‘इजी ट्याक्सी नेपाल’मार्फत वैशाखदेखि नै यात्रुलाई दिने सेवाको परीक्षण गर्दै आएको भए पनि अब भने परीक्षण अवधिलाई नियमित सेवामा बदलेर इजी ट्याक्सी नेपाल एप्समार्फत यात्रुले सेवा लिन सकिने घोषणा गरेको छ । नेपालमा  प्रविधिमा आधारित ट्याक्सी सेवा सुरु भएको र यसले उपभोक्तालाई सजिलैसँग ट्याक्सी सेवा प्रयोग गर्न मिल्ने व्यवस्था गरेको उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका अध्यक्ष सानु पूर्वा छानेले बताए ।  
 एप्सबाट यात्रुले अनुरोध गरेपछि ट्याक्सीले यात्रु भएकै स्थानमा ५ मिनेटमै पुगेर सेवा दिने अध्यक्ष छानेले बताए । यस सेवा प्रयोगका लागि यात्रुले ‘इजी ट्याक्सी नेपाल’ एप्स डाउनलोड गरेर आफूलाई दर्ता गर्नुपर्ने हुन्छ । यात्रुले लगइन गरेपछि त्यसमा रियलटाइम म्यापमा आफू बसेको स्थान देखिन्छ भने जाने गन्तव्य छनोट गर्नुपर्दछ । यात्रुले एप्समा गरेको अनुरोधको आधारमा सो क्षेत्रमा नजिक भएका ट्याक्सी चालकले सोही एप्समार्फत सो अनुरोधलाई स्वीकार गर्नेछन् । त्यसमा भएको यात्रुको मोबाइल नम्बरमा फोन गरेर यात्रु भएको स्थानमा गएर सेवा दिने समाजले जनाएको छ । पहिलो चरणमा २७ सयभन्दा बढी ट्याक्सीमार्फत सेवा सुरु गरिएको छ भने अन्य ट्याक्सी तथा चालकहरू सो एप्समा आबद्ध हुँदै जाने बताइएको छ । यात्रुले सो एप्समा लगइन गरेर यात्रा गर्दा नगदमा नै भुक्तानी गर्न सक्नेछन् भने छिटै डिजिटल वालेटमार्फत पनि भाडा भुक्तानी गर्न सक्ने सुविधाको तयारीमा लागेको अध्यक्ष छानेले जानकारी दिए । इजी ट्याक्सी नेपाल एप्समा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका सबै सदस्य चालकहरू दर्ता हुनेछन् भने यात्रुले दिउँसो र राति दुवै सिटमा सेवा प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 3 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago