भर्खरै

विपन्न वर्गलाई निशुल्क विद्युत मिटर वितरण

  • प्रकाशित मिति : Wed-10-Jul-2019
  • - Admin
title

 
झापा, असार । झापाको कनकाई नगरपालिकामा रहेका विपन्न वर्गका नगरवासीलाई निःशुल्क विद्युत मिटर बक्स वितरण गरिएको छ । नगरपालिकाको संयोजनमा नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले विपन्न वर्गका १३५ घरधुरीलाई निशुल्क विद्युत मिटर बक्स वितरण गरेको हो । 
 
सोमबार आयोजित एक कार्यक्रममा वडा नं १, २ र ३ का विपन्नवर्ग र समुदायको पहिचान गरी वडाको सिफारिसमा १३५ लाई मिटर बक्स वितरण गरिएको थियो । विद्युत मिटर लिएपछि जग्गाको लालपुर्जा नभएर आर्थिक अभावले घरमा मिटर जोड्न समस्यामा परेका नगरवासीलाई राहत मिलेको  छ । नगरक्षेत्रमा रहेका लक्षित वर्गका ४५० घरधुरीलाई क्रमिक रूपले वडामा कार्यक्रम आयोजना गरी तत्काल मिटर बक्स वितरण गरिने नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । 
 
 एक वर्ष अगाडि मात्र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नगरपालिकालाई नेपालकै पहिलो विद्युत चुहावटमुक्त नगर घोषणा गरेका थिए । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका संयोजक राजनऋषि कँडेलले वर्तमान अवस्थामा आम उपभोक्ताको हितलाई सड्ढुचन नगरी गुणस्तरीय र भरपर्दो विद्युत सेवा उपलब्ध गराउने संस्थाको उद्देश्य अनुसार यस किसिमको कार्यक्रम आयोजना गरिएको बताए । 

प्रतिक्रिया