विद्युतीय प्राविधिकहरुको प्रस्तावित महासंघ गठन हुँदै
- प्रकाशित मिति : Thu-11-Jul-2019
- - Admin

नेपाल भरका विद्युतीय प्राविधिकहरु (विद्युतकर्मीहरु)को हकहितका लागि प्रस्तावित महासंघ गठन हुने भएको छ । प्रस्तावित महासंघ गठनका लागि २७ र २८ गते हेटौडामा कार्यक्रम हुने भएको हो ।
काठमाण्डौ, हेटौडा, चितवन, पोखरा, रुपन्देही, बाँके, गोरखा, बारा, तनहुँ, भक्तपुर, मोरङ, सर्लाही, पूर्वि पाल्पा, राप्ती सहित १५ जिल्लाका इलेक्ट्रिसियन संघहरुको सहकार्यमा महासंघ गठन हुने भएको हो ।
महासंघ गठनका लागि आवश्यक छलफल तथा निती निर्माण गर्न हेटौडामा दुई दिन सम्म सञ्चालन हुने कार्यक्रमममा प्रस्तावित महासंघको नाम , उर्पयुक्त प्रस्ताव÷उद्धेश्यहरु ल्याउन, आ–आफ्ना जिल्ला संघहरुको वर्तमान परिस्थिती र आवश्यकताहरु माथि सटिक सवालहरु यकिन गरी छलफल गरिने नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष भीमलमल श्रेष्ठले जानकारी दिए । उनका अनुसार इलेक्ट्रिसियन पेशामा आवद्ध इलेक्ट्रिसियनहरुको हकहितका लागि महासंघको स्थापना गर्न लागिएको बताए ।
हेटौडा इलेक्ट्रिसियन संघको आयोजना र नेपाल इलेक्ट्रिसियन संघ,काठमाण्डौको सहआयोजनामा हेटौडाको शिद्धार्थ होटेलमा कार्यक्रम हुने भएको हो ।