भर्खरै

चार दिनदेखि थुनियो काठमाडौं महानगरको ढल,अझै सम्म सुल्झिएन समस्या

  • प्रकाशित मिति : Thu-11-Jul-2019
  • -
title
काठमाडौं,असार । चार दिन देखि काठमाडौं महानगरपालिका र वडा कार्यालयले बागदरबारस्थित ढल निकासका लागि गरेको प्रयत्न असफल भएको छ । ढल थुनिँदा फेरि महानगरपालिकाको कार्यालय रहेको भवन र चाइना टाउनको भुइँतला फेरि डुबानमा परेको छ ।
 
महानगरपालिका र वडा कार्यालयले ढल निकासका लागि सोमबार डोजर लगाएर केन्द्रीय कारागारका प्रहरी बस्दै आएको दुईकोठे भवन भत्काएका थिए । भवन भत्काएपछि डोजरले खनेर ढलको पानीलाई निकास दिइएको थियो । तर खनेको ठाउँमा हिमपाइप नहालेका कारण सोमबारदेखि फेरि ढल थुनिएको हो ।
 
सोही भवनका कारण ढल थुनिएपछि निकासका लागि भत्काइएको थियो । ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ । ढलको पानी थुनिएर दर्जनौं कार्यालय र पसल रहेका भवनका भुइँतला पोखरीमा परिणत हुँदा दुर्गन्ध फैलिएको छ । दुर्गन्धका कारण विभिन्न कार्यालयका कर्मचारी र व्यापारी नाकमुख थुनेर काम गर्न बाध्य छन । दुर्गन्धले महामारी फैलिने त्रास पनि बढेको छ । ढलको पानीले निकास नपाउँदा कारागारको क्यान्टिन भवनसमेत धरापमा परेको छ । निकासका लागि खनेको माटो वर्षाको पानीसँगै त्यही खसेर फेरि ढल प्रवाह अवरुद्ध भएको स्थानीयले बताए। जेटमेसिन लगाएर बुधबार जमेको पानीलाई निकास दिने प्रयत्न गरिए पनि सफलता मिलेन ।
 
सोमबार डोजरले केन्द्रीय कारागारको भवन भत्काएर खनेपछि ढल खुलेको थियो । स्थानीयका अनुसा खनेको स्थानमा तत्काल नयाँ पाइप राखेर पुरिएको भए समस्या दोहोरिने थिएन । कामदारलाई पैसा नदिएपछि ढलको काम पूरा हुन नसकेको एक स्थानीयले बताए। ‘ढल निकासमा खटिएका कामदारले पैसा नपाएको भन्ने सुनिएको छ,’ ती स्थानीयले भने, ‘त्यसैले कामदारले फटाफट काम गर्न नमानेको हुन सक्छ । बुधबार साँझसम्म ढल निकासका लागि पाइप हालिएको छैन । काम गर्न लगाएपछि पैसा दिनु नि ? भवन भत्काएपछि त ढल निकास हुन्छ भनेर सोचेका थियौं तर समस्या सुल्झिएन ।’ नागरिक दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago