भर्खरै

आजबाट सुरु भयो साझाका रात्रीकालिन बस सेवा

  • प्रकाशित मिति : Fri-12-Jul-2019
  • -
title

काठमाण्डौं,असार ।  साँझ ६–७ बजेपछि सार्वजनिक सवारी नपाउने र पाए पनि भीडका कारण चढ्नै मुश्किल भइरहँदा काठमाडौँ उपत्यकामा रात्रिबस सेवा सुरु भएको छ ।
 
 
साझा यातायात सहकारी संस्थाले काठमाडौँका मुख्य सडकमा नमूनाका रुपमा गत साताबाट राति ९ बजेबाट रात्रिबस सुरु गरेको हो । तीन रुटमा बस सुरु भएको संस्थाका व्यवस्थापक महेन्द्रराज पाण्डेले बताए ।
 
उनका अनुसार न्युरोड गेटबाट नारायणगोपाल चोक हुँदै नयाँ बसपार्क, न्युरोड गेटबाट त्रिपुरेश्वर हुँदै कलंकी र न्युरोड गेटबाटै नयाँ बानेश्वर, त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै नयाँ बसपार्कसम्म गरेर तीन रुटमा अहिले बस सुरु भएको छ ।
 
अहिले परिक्षणका रुपमा तीनवटा बसबाट सुरु गरिएकामा आगामी दिनमा रात्रिबस विस्तार गर्दै जाने संस्थाले जनाएको छ । नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 13 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 18 hours ago