भर्खरै

हरेक क्षेत्रमा इमानदारी पूर्वक काम गर्नु पर्छ : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : Sun-14-Jul-2019
  • - Admin
title
 
काठमाण्डौ, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक क्षेत्रमा काम गर्दा इमानदारी पूर्वक काम गर्नु पर्ने बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण  प्रतिष्ठानमा आज आयोजित संघीय नमुना युवा संसद बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नमुना युवा संसद बैठक राम्रो अभ्यास रहेको बताउदै उनले बास्तविक संसदिय अभ्यास हुन जरुरी रहेको बताए । उनले आफ्नो  विगतको राजनीतिक  अभ्यासको स्मरण गर्दै भने “मैले राजनीति सुरुवात गर्दा देश अन्धकारमा नै रहेको थियो, कुनै पनि क्षेत्रमा स्वतन्त्रता थिएन । मलाई झुटो आरोपमा जेल समेत चलान गरीएको थियो । जनताले अधिकार पाउनुपर्छ भन्दा गिरफ्तार गर्ने समय थियो ।” अहिलेको युवा पुस्तालाई राजनीतिमा प्रबेश गर्न निकै सहज रहेको उनले बताए ।  देशले संघीय, गणतन्त्र, लोकतन्त्र ल्याएको र आम जनताले हरेक क्षेत्रमा स्वतन्त्रता प्राप्त गरेको बताउदै उनले भने “भ्रष्टाचार, दुराचार कसैले गर्नु हुँदैन इमानदार पूर्वक गरेको कामले नै उचाइमा पुर्याउँछ ।”  दराजमा राखिएको पुस्तक र व्यवहारमा लागु नगरीएको ज्ञानको कुनै काम नलाग्ने बताउदै युवा पुस्तालाई सक्रिय रहन समेत उनले आग्रह गरे ।   
 
त्यस्तै कार्यक्रममा राष्ट्रिय युवा परीषद्का उपाध्यक्ष माधव ढुङ्गेलले सरकारले यो वर्ष युवा परिचालन वर्ष घोषणा गरेको जानकारी दिदै युवा परिचालन कार्यक्रमले स्थानीय स्तरमा रहेको स्रोत र सम्भावनाको प्रयोगका लागि सहयोग पुग्ने बताए । त्यस्तै उनले भ्रष्टाचार न्यूनिकरण तल्लो तह देखि नै हुनु पर्ने बताए । उनले उच्च निकायमा मात्र दोष लगाएर नहुने समेत प्रस्ट पारे । 
 
त्यस्तै कार्यक्रममा महिला तथा बालवालिका शान्ति तथा पुर्न निर्माण सामन्य प्रशासन मन्त्रालयका पूर्व मन्त्री पम्पा भुषालले नमुना युवा ससंदलाई देशको  विकासका हरेक क्षेत्रमा सक्रिय भई जिम्मेवारी पूर्ण कार्य गर्न शुभकामना दिए । नमुना संसदले देशका समग्र युवाको क्षमता अभिवृद्धिका लागि सहयोग पुग्ने समेत बताए । राजनीतिक परीर्वतनका लागि अबका युवा पुस्ताले आन्दोलन गर्नु नपर्ने बताउँदै सकारात्म सोचको सुरुवात र नकारात्मक सोचको अन्त्य हुनु पर्ने उल्लेख गरे ।   

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago