भर्खरै

१४६ घरपरिवारलाई सौर्य ऊर्जा वितरण

  • प्रकाशित मिति : Mon-15-Jul-2019
  • -
title

विद्युतको केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा सौर्य ऊर्जा वितरण गरिएको हो ।
 
मन्त्रालयको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशत लगानीमा दुई नम्बर वडाका ५३ घर र ६ नम्बर वडाका ९३ घरपरिवारले सौर्य ऊर्जाको सुविधा उपभोग गर्न पाउने भएका छन् । टुकीरहित गाउँपालिका बनाउने उद्देश्यका साथ घरघरमा सौर्य ऊर्जामार्फत उज्यालो दिन खोजिएको छ । प्रदेश सरकारको सहयोगमा २० वाट क्षमताको सौर्य ऊर्जा सहयोग गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए ।
 
विद्युत् केन्द्रीय लाइन नपुगेको यस गाउँमा प्रदेश सरकारको अनुदानमा सौर्य ऊर्जा सहयोग पाएपछि स्थानीयमा ठूलो राहत पुगेको छ । टुकीको भरमा जीवन गुजारा चलाउँदै आउनुभएका खेमबहादुर विकले सौर्य ऊर्जा पाएपछि खुशी लागेको बताए । 
 
निस्दी गाउँपालिकाका सबै वडालाई उज्यालोमय वडा बनाउने अभियान रहेको छ । विद्युत् केन्द्रीय लाइनको पहुँच नपुगेको यस गाउँपालिकामा सौर्य ऊर्जा प्रणालीबाट भए पनि स्थानीयवासीलाई सुविधा दिने योजना रहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । विपन्न, दलित परिवारले सौर्य ऊर्जा खरीद गर्न नसक्दा टुकी बालेर गुजारा चलाएका नागरिकको घरमा सौर्य ऊर्जा जडान गरिएपछि खुशियाली छाएको छ । 

प्रतिक्रिया