आँधिखोला लघुवित्तको आईपीओ आजबाट बाँडफाँट हुँदै
- प्रकाशित मिति : Mon-15-Jul-2019
- -

काठमाडौं,असार । आँधिखोला लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमवार बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आईपीओ बाँडफाँटको कार्यक्रम तय भएको हो ।
असार २२ देखि २५ गतेसम्म सर्वसाधारणको लागि बिक्री गरेको आईपीओमा १४ दशमलव ५५ गुणा बढी आवेदन परेको छ । कम्पनीले सर्वसाधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर जारी गरेको हो । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले दिएको जानकारी अनुसार यस आईपीओमा ३ लाख ८ हजार ४१४ जना आवेदकले ५४ लाख ५७ हजार ३४० कित्ता शेयरका लागि आवेदन दिएका छन् ।
यस कम्पनीले कुल ४ लाख कित्ता शेयरमध्ये ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित राखेर २० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी सर्वसाधारणमा जारी गरेको हो ।