भर्खरै

नेपाल विद्युतीय प्राविधिक महासंघको गठन, श्रेष्ठको अध्यक्षतामा ९ सदस्य समिति चयन

  • प्रकाशित मिति : Mon-15-Jul-2019
  • - रुपा तुलाधर
title

 
हेटौडा, असार ।  नेपालभरका विद्युतीय प्राविधिकहरु (विद्युतकर्मीहरु)को हकहितका लागि प्रस्तावित नेपाल विद्युतीय प्राविधिक महासंघ गठन भएको छ । नेपालभरका १५ जिल्लाका इलेक्ट्रिसियन संघको पहलमा महासंघको गठन भएको हो । 
 
 महासंघ गठनका लागि गत असार २७ र २८ गते  हेटौडामा भएको कार्यक्रममा अध्यक्ष पदमा भीमलाल श्रेष्ठ, उपाध्यक्ष देवु प्रसाद चौलागाई, महासचिव राजकुमार श्रेष्ठ, सचिव शिव प्रसाद वाला, कोषाध्यक्ष विश्वहरी श्रेष्ठ र सदस्यहरुमा तुल्सीराम पन्थि, राजेन्द्र अधिकारी, नारायण दत्त पोखरेल, चुडामणि खनाल सहित ९ जना कार्यसमिति सर्वसम्मतले निर्वाचित भई नयाँ नेतृत्वको महासंघ गठन भएको हो ।  महासंघ गठनका लागि काठमाण्डौ, हेटौडा, चितवन, पोखरा, रुपन्देही, बाँके, गोरखा, बारा, तनहुँ, भक्तपुर, मोरङ, सर्लाही, पूर्वि पाल्पा, राप्ती सहित १५ जिल्लाका इलेक्ट्रिसियन संघहरुको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 
 
कार्यक्रममा गाउँ,नगर जिल्लास्तरमा काम गर्ने विद्युतीय प्राविधिकहरुको हकहित को संरक्षण गर्न, एकताबद्ध बनाई स्वरोजगार सिर्जनामा सहयोग पु्याउन महासंघले सहजीकरण र पहलकदमी गर्ने, विद्युतीय प्राविधिकहरुको स्वास्थ्य सुरक्षाको संरक्षण र संम्वद्र्धन गर्न तथा विद्युतीय दुर्घटनालाई न्युनिकरण गर्न प्राविधिकहरुलाई सुरक्षा सामग्रीको प्रयोग गरी विद्युतीय कार्य गर्न प्रोत्साहित  गर्ने साथै विद्युतीय दुर्घटना बाट सदस्यहरुलाई हुन सक्ने क्षतिको सम्बोधन गर्न अनिवार्य रुपमा आकस्मिक कोष तथा बिमा कोष स्थापना गरी सदस्यलाई राहात दिन सरकार समक्ष अनुरोध गर्ने , नेपाल विद्युत प्राधिकरणको नियमावलीमा नयाँ मिटर जडानको हकमा अर्थिङ्ग र वायरिङ्ग टेष्ट गरिनुपर्ने प्रावधान लाई कडाईका साथ कार्यान्वयन गराउन पहल गर्ने, ने.वि.प्रा को नयाँ मिटर जडान आवदेन फर्ममा वायरिङ्ग गर्ने टेक्निसियनको प्राविधिक कागजात अभिलेखिकरण गर्न नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराउने, नेपाल विद्युत प्राधिकरण बाट उद्योग– कलकारखाना ,ग्राहस्थमा विद्युत मिटर जडान सहजीकरण र  विद्युत चुहावट घटाउन महासंघले ने वि प्रा सँग समन्वयन गर्न जिल्लाा  संघहरुलाई निर्देशन गर्ने लगायतका ११ बुदे घोषण पत्र समेत जारी गरिएको थियो । 
 
 
कार्यक्रममा अध्यक्ष भीमलाल श्रेष्ठले विद्युतीय प्राविधिकहरुको हक हितका लागि महासंघ गठन भएको बताउँदै देशभरका विद्युतीय क्षेत्रमा कार्यरत प्राविधिकहरुका लागि आवश्यक अधिकारको सुनिश्चित गर्दै महासंघ अघि बढ्ने बताए । प्राविधिकहरु तथा उपभोक्ताहरुको हितका लागि महासंघ सधै लागि पर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका थिए । 
 
हेटौडामा दुई दिन सम्म सञ्चालन भएको कार्यक्रमको मूख्य प्रायोजक एसजिएम इन्टरनेशनल, नवलपरासी, दलदले (नेप ईण्डिया ) सह प्रायोजक ः जानकी केबल इण्डष्ट्रिज,जनकपुर, मेगा केबुल, नेपालगञ्ज, महालक्ष्मी वायर एण्ड केबुल इण्डष्ट्रिज प्रालि ,विराटनगर, मोरङ्ग ,गौतम इलेक्ट्रिक एण्ड सप्लार्यस, इलेक्ट्रा इलेक्ट्रिक स्वीच, वरेन्ट कम्पनी को फ्यान, एचपियल इण्डिया, प्रिमियर वार्यस, युनाईटेड केबुल, ह्रेवल्सका फेविको स्वीच, प्राईम केबुल ईण्डष्ट्रिज,बिराटनगर, मुक्तिनाथ इलेक्ट्रिक, हेटौडा, युनाइटेड केबुल , बसन्त इन्टरप्राईजेज हेटौडा, राठी तीनपुस्ते, महालक्ष्मी इलेक्ट्रिक, हेटौडा रहेको थियो । 
 
 

प्रतिक्रिया