भर्खरै

१५४ घरलाई ग्यास चुलो वितरण

  • प्रकाशित मिति : Tue-16-Jul-2019
  • - Admin
title
 
दाङ, असार । दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास, चुलो  वितरण गरिएको छ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत ग्यास, चुला वितरण गरीएको हो । वडामा रहेको ६५४ घरधुरीमध्ये गत वर्ष ५००  घरधुरीलाई वितरण गरिएको र यस वर्ष बाँकी रहेका १५४ जनालाई वितरण   हो । 
वडा नंं ५ मा ग्यास सिलिन्डर तथा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिए  । राजपुरको विकट मानिने सो वडामा धेरैजसोले खाना पकाउन दाउराको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्नुका साथै आगलागीको पनि जोखिम हुने भएकाले सबैलाई ग्यास वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।  
 
राजपुर गाउँपालिका ग्रामीण क्षेत्र भएकाले र यस क्षेत्रमा लामो समयदेखि दाउराबाट निस्किने धुवाँबाट क्षयरोग, दम बढ्नुका साथै आगलागीको जोखिम बढेको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले बताए  । रु नौ लाख रकममा ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago