भर्खरै

१५४ घरलाई ग्यास चुलो वितरण

  • प्रकाशित मिति : Tue-16-Jul-2019
  • - Admin
title

 
दाङ, असार । दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास, चुलो  वितरण गरिएको छ । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत ग्यास, चुला वितरण गरीएको हो । वडामा रहेको ६५४ घरधुरीमध्ये गत वर्ष ५००  घरधुरीलाई वितरण गरिएको र यस वर्ष बाँकी रहेका १५४ जनालाई वितरण   हो । 
वडा नंं ५ मा ग्यास सिलिन्डर तथा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिए  । राजपुरको विकट मानिने सो वडामा धेरैजसोले खाना पकाउन दाउराको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्नुका साथै आगलागीको पनि जोखिम हुने भएकाले सबैलाई ग्यास वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।  
 
राजपुर गाउँपालिका ग्रामीण क्षेत्र भएकाले र यस क्षेत्रमा लामो समयदेखि दाउराबाट निस्किने धुवाँबाट क्षयरोग, दम बढ्नुका साथै आगलागीको जोखिम बढेको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले बताए  । रु नौ लाख रकममा ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो ।

प्रतिक्रिया