दाङका ३२० विपन्न घर परिवारलाई निःशुल्क विद्युत मिटर
- प्रकाशित मिति : Wed-17-Jul-2019
- - Admin

दाङ ,असार । दाङका दुई वटा गाउँपालिकाका ३२० घर परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरिएको छ । विपन्न तथा दलित परिवारलाई विद्युतमा पहँुच पु¥याउने उद्देश्यले विद्युत् प्राधिकरण कार्यालय तुलसीपुरले यस आर्थिक वर्षमा पश्चिम दाङका दुई वटा गाउँपालिकाका निःशुल्क विद्युत् मिटर उपलब्ध गराएको हो ।
विद्युत् कार्यालय तुलसीपुरका प्रमुख लोकजङ चौधरीका अनुसार पश्चिम दाङको बबई गाउँपालिकाका १६० तथा दङ्गशरण गाउँपालिकाका १६० विपन्न समुदायका घरमा र ती गाउँपालिकामा रहेका एक दर्जनभन्दा बढी सांस्कृतिक महत्वका सम्पदामा निःशुल्क मिटर वितरण गरिएको बताए । उनले अति विपन्न परिवारलाई विद्युत् मिटरबक्स, तार, एमसिपी लगायतका सम्पूर्ण सामान प्रदान गरी जडानसमेत गरिदिएको उनको भनाई छ । विपन्नको घर परिवारहरुको पहिचानका लागि सम्बन्धी वडाले गाउँपालिकामा र गाउँपालिकाले सिफारिस गरेर पठाएकालाई सम्बन्धित स्थानमा नै गएर विद्युत् सेवा जडान गरिएको बताउँदै उनले आगामी वर्ष तुलसीपुर उपमहानगरपालिका र शान्ति नगरपालिकाका विपन्न परिवारलाई पनि विद्युत मिटर वितरण गरिने बताए ।