भर्खरै

१८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण

  • प्रकाशित मिति : Wed-24-Jul-2019
  • - Admin
title

 
 
रुपन्देही, साउन । रुपन्देहीको सैनामैना नगरपालिकाले  १८ सामुदायिक विद्यालयलाई सूचना प्रविधिका डिजिटल उपकरण वितरण गरेको छ । नगरपालिकाकाले रु एक करोड ७४ लाख ८९ हजार लगानीमा नगरपालिकाले सामुदायिक विद्यालयका लागि १८ ल्यापटप, १७१ डेस्कटप कम्प्युटर, १३ स्मार्ट प्रोजेक्टर र सात प्रिन्टर (आइसिटी सामग्री) विद्यालयलाई वितरण गरेको सैनामैना नगरपालिकाले वितरण गरेको हो ।  
 
विद्यालयलाई उक्त सामान नगरप्रमुख चित्रबहादुर कार्कीले वितरण गरेको थियो । नगरभित्र रहेका सामुदायिक विद्यायललाई स्मार्ट कक्षा सञ्चालनसँगै शैक्षिक गुणस्तर सुधारका लागि आइसिटी सामग्री प्रदान गरिएको बताउँदै आइसिटी सामग्रीको उच्चतम प्रयोग गर्दै  शैक्षिक गुणस्तर सुधारको अभियानलाई प्रभावकारी बनाउन आग्रहसमेत गरेका छन् । उपप्रमुख विना राना, काङ्ग्रेस नगर सभापति रामप्रसाद अधिकारी, नेकपाका नगरअध्यक्ष चेतनारायण न्यौपाने, शिक्षा शाखाका हेमराज अर्याल, केशवराज अर्याललगायतले  नगरपालिकाले राम्रो कामको थालनी गरेको विचार व्यक्त गरे । 
 
गत आर्थिक वर्षको बजेटबाट विद्यालय र कक्षा कोठालाई स्मार्ट बनाउनका लागि नगरका १८ वटा विद्यालयमा १०३ सेट प्रोजेक्टर र ल्यापटप उपलब्ध गराएको थियो । शिक्षकलाई कम्प्युटर चलाउने तालीमसमेत प्रदान गरिएको नगरपालिकाले जनाएको छ । प्रविधिले शिक्षकको मनोबल उच्च बनाउने र विद्यार्थीको सिकाइको स्तर पनि बढाइरहेको सैनामैना माविका प्राध्यापक नेत्रलाल पुरीले बताए । नेपाली टाइप, पावर पोइन्टर स्लाइड, इन्टरनेटमा अध्यापन सामग्री कसरी खोज्ने भन्ने विषयमा समेत शिक्षकले तालिम लिइसकेका छन् भने विद्यार्थीलाई उपकरणबाटै पढाउन शुरु गरेका छन् ।  

प्रतिक्रिया