भर्खरै

नेपाल र जर्जिया चेम्बर अफ कमर्श बीच सहकार्यको समझदारी

  • प्रकाशित मिति : Wed-24-Jul-2019
  • - Admin
title

काठमाण्डौं, साउन । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज(जिसिसिआई) बीच सोमबार आपसी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्वाटिसियस्भिलीको उपस्थितीमा सोमबार नेपाल चेम्बर अफ कमर्शको भवनमा पत्रकार सम्मेलन गरी अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
दुई देशबीचको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि समझदारी भएको छ । दुई देशका उद्यमी व्यवसायी बीचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरी नयाँ व्यावसायिक अवसरहरुले सम्भावना पहिचान गर्ने पनि समझदारी पत्रमा उल्लेख  गरिएको छ । 
९ बुँदे समझदारी पत्रमा दुई चेम्बरबीच आर्थिक सम्बन्ध सुदृढ गरी व्यापारिक एंव आपसी सम्बन्ध सुमधुर, व्यापारिक औद्योगिक विकास, वैदेशिक लगानी र व्यापार मेला तथा प्रर्दशनीमा सहभागि हुने विषय उल्लेख छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले व्यापार र पर्यटन विकासका लागि जलविद्युत, सूचना प्रविधी, कृषि, स्वास्थ्य र खेलकुद क्षेत्रमा लाग्नुपर्ने बताए । आर्थिक उन्नतिको लागि सम्बन्धित ऐन औद्योगिक व्यवसाय ऐन, श्रम, वैदेशिक लगानी, सामाजिक सुरक्षा ऐन लागु भईसकेको जानकारी दिदै नेपालमा अहिले व्यवसाय एंव लगानीको उपयुक्त वातावरण भएको उनले बताए । उनले सन् २०१५ देखि नेपाल चेम्बर एक्स्पो हुँदै आएको उल्लेख गर्दै सन् २०२० फेबु्रअरी २५ देखि २९ मा हुन लागको नेपाल चेम्बर एक्स्पोमा जर्जियाबाट समेत सहभागिताको लागि आग्रह गरेका थिए । कार्यक्रममा जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीले जर्जियाले अवलम्बन गरेको एकद्धार प्रणाली विश्वकै लागि अनुकरणीय भएको बताए । उनले नेपालले पनि जर्जियाको अनुभबबाट समग्र सामाजिक सेवा विस्तारमा र आर्थिक क्षेत्रमा एकद्धार प्रणालीमा हासिल गरेको अनुपम, अनुकरणिय उदाहरण नेपालमा समेत मुलुकको आवश्यकता अनुसार जर्जिया सरकार नेपाल सरकारसँग समन्वय गरि चेम्बरसँग सहकार्य गर्न तयार रहेको बताए ।
दुई मुलुकबीच पर्यटन प्रवद्र्धन गर्नको लागि जर्जिया सरकारले भिसामा सरलीकरण गरेको जानकारी दिएका थिए । २०१८ मा जर्जियासँगको व्यापारमा नेपालले करीब रु २३ लाखको व्यापार घाटा सहनु परेको जसमा र २९ लाखको आयात भई रु ६ लाख ७० हजारको मात्र निर्यात हुन सकेको देखिन्छ । नेपालबाट जर्जियामा हाते कागज, ऊनी गलैचा, हस्तकला, चिया, कफी, चाँदीका गरगहना आदि निकासी गर्ने प्रचुर संभावना रहेको छ ।
कार्यक्रममा नेपालका लागि जर्जियाका राजदुत अर्चिल जुयसभिली जर्जियाका विदेश मन्त्रालयको एशिया प्रशान्त विभागका निर्देशक डेभिड केरेसेलिड्ज, नेपालस्थित जर्जियाका अवैतनिक कन्सल शिव रतन शारडाको समेत उपस्थिती थियो । 

प्रतिक्रिया