भारतीय गुप्तचरसँग प्रधानमन्त्रीको भेट भएको छैन ः सञ्चार तथा सुचना प्रविधि मन्त्री बाँस्कोटा
- प्रकाशित मिति : Thu-25-Jul-2019
- - रुपा तुलाधर

काठमाण्डौ, साउन । सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपि शर्मा ओलीको भेट भारतीय गुप्तचरसँग नभएको प्रस्ट पारेका छन् । सिंहदरबार स्थित सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आज भएको पत्रकार सम्मलेनमा प्रधानमन्त्री ओली भारतीय गुप्तचरसँग भेट गरेको भन्ने विषय सत्य नभएको प्रस्ट पारेका हुन् ।
प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरसँग नभेटेको उल्लेख गर्दै उनले लगुताभाषी मान्यता नराख्न समेत आग्रह गरे । उनले भने “हल्लाले फाइदा नगर्ने र भेटेकै हो भनेर कसैलाई पुष्टि गर्नु पर्ने भए तथ्य प्रमाण सहित आउनु पर्दछ ।” उनले साना साना विषयमा धेरै ससंकित नहुन समेत आग्रह गरेका छन् ।