मन्डु हाइड्रोपावरलाई रु नौ करेडको क्षती

  • प्रकाशित मिति : Fri-26-Jul-2019
  • - Admin
title

मकवानपुर, साउन । मन्डु हाइड्रोपावर कम्पनीले बाढीपहिरोका कारण रु ९ करोडको क्षती बेहोर्नु परेको छ ।  निजी क्षेत्र र चाइनिज कम्पनीको संयुक्त लगानीमा निर्माण भएको सो कम्पनीमा रु चार अर्ब २५ करोड लगानी रहेको हाइड्रोपावरमा बाढी पहिरोले रु छ करोड मूल्य बराबरको उपकरण तथा संरचना र रु तीन करोड मूल्य बराबरको विद्युत व्यापार गरी कूल रु नौ करोडको क्षति भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत पुरुषोत्तम दानीले बताए । 
 
सो आयोजना निर्माणमा मकवानपुरको भीमफेदी गाउँपालिका तथा ललितपुरको वाग्मती गाउँपालिकाको एक हजार ८०० जनाको शेयर छ । बाढीसंगै आएको गिट्टी, बालुवा र माटोले पुरेर ‘पावर हाउस’ को ‘सिलटिङ बेसिन’ मा क्षति पु¥याएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, बाढीका कारण कम्पनीको सिल्टिङ बेसिनको ‘इन–लेट’ गेटमा क्षति पुगेको तथा पावर हाउसतर्फ पेनेस्टक पाइप पुरेको र ढलानमा समेत क्षति पुगेको छ । 
 
त्यस्तै वाग्मती खोलाको बाढीले जलविद्युत गृहको टेलरेसमा ढुङ्गा, गिट्टी, बालुवा र माटो भरिदिएको कम्पनीले जनाएको छ । जनसम्पर्क अधिकृत दानीका अनुसार हाल क्षतिग्रस्त मेसिनकोे मर्मत कार्य भइरहेको र साउन १५ सम्म पुनःसञ्चालनमा ल्याउनेगरी काम भइरहेको बताए । 

प्रतिक्रिया