भर्खरै

रु ३८ अर्ब राजश्व सङ्कलन

  • प्रकाशित मिति : Sun-28-Jul-2019
  • - Admin
title
विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार राजश्व सङकलन गरेको छ । 
 
रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको सो भन्सार कार्यालयले उक्त अवधिमा लक्ष्यको तुलनामा रु चार अर्ब २४ करोड २४ लाख ३० हजार राजश्व सङकलन कम भएको भन्सार अधिकृत मणिराम पौडेलले जानकारी दिनुभयो । उहाँले गएको फागुन महिनादेखि आयात घट्नु, जोगवनी र बथनहाबीचमा अवस्थित पुलमा अवरोध आउनुजस्ता कारणले लक्ष्यको तुलनामा कम राजस्व सङकलन भएको बताउनुभयो ।
 
 कार्यालयले सो अवधिमा साउनमा १०० दशमलव ६८ प्रतिशत, भदौमा ९५ दशमलव २५, कात्तिकमा १०७ दशमलव ४४, मङ्सिरमा १०१ दशमलव ५०, पुसमा १०० दशमलव शून्य चार, माघमा ९७ दशमलव १४, फागुनमा ९५ दशमलव शून्य दुई, चैतमा ९४ दशमलव ३७, वैशाखमा ९२ दशमलव १८, जेठमा ९१ दशमलव ६४ र असारमा सबैभन्दा कम ९० दशमलव शून्य तीन प्रतिशत राजश्व सङ्कलन गरेको छ ।
 
सङ्कलित राजश्वमा भन्सार महसुल रु १५ अर्ब ४७ करोड दुई लाख ४८ हजार, मूल्य अभिवृद्धि कर रु २० अर्ब ८५ करोड १९ लाख चार हजार र अन्तःशुल्क रु एक अर्ब ९६ करोड ७३ लाख ३६ हजार छन् ।
 
सो अवधिमा भन्सार नाकाबाट कूल रु २० अर्ब २७ करोड ११ लाख ३५ हजार मूल्य बराबरको १० किसिमका सामान निकासी भई कूल रु तीन खर्ब २३ अर्ब ४१ करोड ३३ लाख ४७ हजार मूल्य बराबरको १० किसिमका सामान आयात भएको कार्यालयले जनाएको छ । आयात र निर्यातको यो असन्तुलनले हामी नेपाली परनिर्भरतामा बढी केन्द्रित भएको अनुमान सहजै लगाउन सकिन्छ ।  रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago