भर्खरै

कुलमानको कुशल नेतृत्वले विद्युत् उत्पादन दोब्बर, आगामी वर्ष देखि भारत र बंगलादेशलाई पनि निर्यात गरिँदै

  • प्रकाशित मिति : Mon-29-Jul-2019
  • -
title
काठमाण्डौं,साउन । नेपाल विद्युत प्राधिकरणमा निर्देशकको रुपमा कुलमान घिसिङ्को नियुक्त भएपछि विद्युत उत्पादन दोब्बर भएको छ । निर्देशक घिसिङ्को कुशल नेतृत्वका कारण विद्युत उत्पादन दोब्बर भएको हो ।  
 
चालू आर्थिक वर्षको अन्यसम्ममा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, १०२ मेगावाटको मध्य भोटेकोसी, ६० मेगावाटको माथिल्लो त्रिशूली थ्री ए, ८६ मेगावाटको लोअर सोलु, ५७ मेगावाटको अपर सान्जेन लगायतका आयोजना सम्पन्न हुने अनुमान नेपाल विद्युत् प्राधिकरणले गरेको छ ।
यी निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाहरुलाई हेर्दा आउँदो आगामीवर्ष देखि नेपालबाट ठूलो परिमाणमा विद्युत् निर्यात गर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्ममा हाल एक हजार मेगावाट हाराहारी रहेको विद्युत् करिब एक हजार मेगावाट थपिएर दोब्बर हुनेछ । आन्तरिक मागभन्दा धेरै विद्युत् उत्पादन हुने अवस्था नजिकिँदै गर्दा सरकार र निजी क्षेत्रले समेत भारत र बङ्गलादेशमा विद्युत् निर्यात विषयमा सक्रियता देखाएका छन् ।
 
सरकारले छिमेकी मुलुक भारत, बङ्गलादेश र चीनसँग विभिन्न तहका सम्झौता गरिसकेको छ भने ती सम्झौता कार्यान्वयनका लागि द्विपक्षीय संरचना बनाएर काम पनि गरिरहेको छ । ऊर्जा उत्पादक निजी क्षेत्र आफैँले पनि विद्युत् निर्यातका लागि सक्रियता देखाएको छ । गोरखापत्र दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago