भर्खरै

चार आयोजनालाई शेयर निष्कासनको स्वीकृति

  • प्रकाशित मिति : Wed-31-Jul-2019
  • - विद्युत संंसार संवाददाता
title
 
काठमाण्डौ, साउन । विद्युत  नियमन आयोगले चार जलविद्युत कम्पनीलाई शेयर निष्कासनका लागि स्वीकृति दिएको छ । धितोपत्र बोर्डले स्वीकृतिका लागि पठाएका आयोजनाहरू आयोगका अध्यक्ष डिल्ली सिंहको अध्यक्षतामा बसेको बैठकले स्वीकृति दिने निर्णय गरेको हो । 
आयोजनाका प्रवद्र्धकहरूलाई सर्वसाधारण र स्थानीयवासीहरूका लागि १० ÷१० प्रतिशतका दरले शेयर निष्कासनका लाग स्वीकृति दिएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए । ४० मेगावाटको खानी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक ग्रिनलाइफ हाइड्रो पावर कम्पनीलाई ३४ करोड ९७ लाख ४० हजार रुपैयाँ अर्थात ३४ लाख ९७ हजार ४० कित्ता, २५ मेगावाटको दोर्दी खोला ए आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जीलाई ३७ करोड ५० लाख अर्थात ३७ लाख ५० हजार कित्ता र ७ मेगावाटको मर्दी खोला जलविद्युत आयोजनाको प्रवद्र्धक युनाइटेड इडी मार्दी एन्ड आरपी हाइड्रो लिमिटेडेलाई १० करोड ५० लाख अर्थात् १० लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न स्वीकृति आयोगले दिएको छ । त्यसैगरी माउन्टेन इनर्जी नेपाललाई ३९ करोड ३६ लाख ५ हजार ४ सय अर्थात ३९ लाख ३६ हजार कित्ता शेयर निष्कासन गर्न आयोगले स्वीकृति दिएको छ । 
नियमन आयोगले तोकेको चारवटै परियोजनाको क्रेडिट रेटिङ गरिसकेको आयोजनालाई आयोगको प्रावधान अनुसार सबै सूचांकहरू उपलब्ध गराएकोले स्वीकृति दिएको प्रवक्ता धितालले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago