भर्खरै

विद्युतीय अवयव र तिनका प्रयोग

  • प्रकाशित मिति : Wed-31-Jul-2019
  • - भीमलाल श्रेष्ठ
title

 
सामान्यतय विद्युतीय क्षेत्रमा प्रयोग हुने विभिन्न किसिमका सर सामानहरुलाई विद्युतीय सामाग्री (अवयव) भनिन्छ । विद्युतीय सामाग्रीहरुको प्रयोग आवश्यकता तथा अवस्था अनुसार गर्ने गरिन्छ । विद्युतीय क्षेत्रमा प्रयोग हुने विद्युतीय सामाग्रीहरु जस्तैः एमसिवि, फ्युज, स्वीच, इल.सि.वि, एम.सि.सि.वि, आदि विद्युतीय सामाग्रीहरुको आ–आफ्नै कार्य तथा विशेषता रहेको छ । हामीले विद्युतीय क्षेत्रलाई संकुचित ढंगबाट हेर्ने गरेका छौ तर त्यो भन्दा व्यापक र विस्तृत यसको कार्य क्षेत्र रहेको छ । विद्युतको प्रयोगबाट हाम्रो दैनिकी  सहज र सरल भएता पनि यो निकै सम्वेदनशील क्षेत्र हो । 
विद्युत उत्पादन तथा विद्युत वितरणका क्रममा जति पनि सामाग्रीहरुको प्रयोग हुन्छन्  ति विद्युतीय सामाग्री अन्र्तगत नै पर्दछन् ।  विद्युतीय शक्तिलाई एक ठाउँ बाट अर्को ठाउँ सम्म पु¥याउन तथा विद्युत विद्युत वितरण गर्नका लागि विभिन्न किसिमका डिट्रिव्यूसन सामाग्रीहरुको प्रयोग गरिन्छ । विद्युत अति जटिल तथा सम्वेदनशील क्षेत्र भएका कारण यसको प्रयोगका क्रममा हामीले साना गल्ति गर्ने हो भने पनि यसले अधिक मात्रामा जनधनको क्षति गराउने गर्दछ । तसर्थ विद्युतको प्रयोग गर्ने क्रममा हामी सचेत हुन जरुरी छ ।  विद्युतीय क्षेत्रमा कहिले काही सर्टसर्किट हुने गर्दछ । इलेक्ट्रिक सर्किटलाई सुरक्षा गर्न फ्युज, एमसिवि जस्ता विद्युतीय सामाग्रीहरुको प्रयोग गर्न सकिन्छ । विद्युतीय क्षेत्रमा प्रयोग गरिने हरेक प्रकारका विद्युतीय सामाग्रीहरु इन्सुलटिङ्ग र कन्डक्टर मटेरीयल वस्तुबाट बनाएको हुन्छ । सामान्यतय प्रयोग हुने विद्युतीय सामाग्री र तिनका कार्यहरुलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ
 
सर्भिस केबुल

पोलको तारबाट घरको मिटर बक्स सम्म जडान गरिएको कालो तारलाई सर्भिस केबुल भनिन्छ । यस केबुलको सहायताद्धारा घर सम्म विद्युत सेवा पु¥याउने भएकाले यसलाई सर्भिस केबुल भनिएको हो । यो तार भित्र डबल कोरको दुई वटा फरकफरक किसिमको तार रहेको हुन्छ । जसमा एउटा मोटो तार र अर्कोमा मसिना तारहरु रहेको हुन्छ । मोटो तारमा फेज र मसिना तारहरुमा न्यूटलको सप्लायर्स दिने गरिन्छ । 
 
इनर्जि मिटर 

विद्युत जडान गरिएको कुनै पनि घरमा के कति विद्युत खपत भयो सो का बारेमा जानकारी प्राप्त गर्नका लागि तथा खपत भएको विद्युत युनिट नाप्ने यन्त्रलाई इनर्जि मिटर भनिन्छ । यसबाट विद्युत उपभोक्ताले महिनाभर कति विद्युतको प्रयोग गरेको छ भन्ने जानकारी हुनका साथै उपभोक्ताले महिनामा खपत गरीएको विद्युतको महशुल तिर्नका लागि समेत सहज हुन्छ । 
मिटर बक्स र यसमा प्रयोग हुने एमसिविविद्युत मिटरलाई सुरक्षित राख्नका लागि काठ वा प्लास्टिकबाट बनाइएको बाकसलाई मिटर बक्स भनिन्छ । यसले मिटरलाई सुरक्षित राख्दछ । 
 
एम.सि.वि

फुयुज र स्वीचको काम गर्न सक्ने विशेष प्रकारको साधनलाई एम .सि.बि भनिन्छ । यसले घरको लाईनमा आकस्मिक रुपमा अत्यधिक उत्पन्न हुन सक्ने करेन्ट र त्यसबाट हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्न लागि सहयोग पु¥याउँदछ । विद्युत लाईनमा ओभरलोड हुँदा वा सर्टसर्किट हुँदा एम.सि.वि आफैँ अफ हुन्छ । एम. सि.वि को सहायताद्धारा आफूलाई आवश्यक परेको समयमा विद्युत लाईन बन्द गर्न र खुलाउन सकिन्छ । बहुविशेषता युक्त एस. सि. वि विद्युत जडान गरिएका घरमा अनिर्वाय रुपमा यसको प्रयोग गरिएको हुन्छ । 
 
स्वीच

स्वीच बत्ति, फ्यान, फ्रिज लगायतका विभिन्न विद्युत जन्य सामग्रीहरु चालु गर्न तथा बन्द गर्न प्रयोग गरिन्छ । स्वीच विभिन्न प्रकारका हुन्छन् जस्तै ः वन वे स्वीच, बेड स्वीच, वोर्ड स्वीच, टु वे स्वीच, रोटरी स्वीच, इन्टरमेडियट स्वीच, डिमर स्वीच, टाईमर स्वीच आदि । 
 
मेन स्वीच

घरको सम्र्पूण लाईन बन्द गर्न सकिने र खुला गर्न सकिने खालको स्वीच लाई मेन स्वीच भनिन्छ । मेन स्वीच पनि विभिन्न प्रकारका हुन्छन् जस्तै ः डि.पि मेन स्वीच, आइ.सि.डि.पि. मेन स्वीच, टि.पि.आइ.सि.मेन स्वीच आदि ।
 
फ्युज
 
इलेक्ट्रिकल सर्किटलाई सुरक्षा गर्नका लागि फ्युजको  प्रयोग गरिन्छ । फ्युजको मूख्य कार्य भनेको इलेक्ट्रिक सर्किटमा सर्ट सर्किट हुँदा वा एकै पटक धेरै पावरका उपकरणहरु चलाउँदा इलेक्ट्रिक सर्किटमा धेरै करेन्ट बहदा हुन सक्ने सम्भावित दुर्घटनाबाट बचाउने काम गर्दछ । 
 
होल्डर

बत्तिहरु अड्याउनका लागि प्रयोग गरिने ल्यामपलाई होल्डर भनिन्छ । पेन्डेन्ट होल्डर, बटन होल्डर, एङ्गल होल्डर, मल्टि होल्डर आदि विभिन्न प्रकारका होल्डरहरु हुन्छन् । 
 
सकेट

रेडियो , टि.भि, मोवाईल, कम्पयुटर, आइरन, हिटर, गिजर, मोटर आदि सञ्चालन गर्नका लागि तथा ए.सि लाईन सप्लाई लिनका लागि सकेटको प्रयोग गरिन्छ । टु पिन सकेट, थ्री पिन सकेट, फाईभ पिन सकेट, पावर सकेट लगायत विभिन्न प्रकारका सकेट हुन्छन् ।
 
प्लग
 
 सकेटको मध्यम बाट ए.सि लाईन सप्लाई अन्यन्त्र लैजान तथा हिटर, पंखा, टि.भि आदि चलाउन सकेट बाट ए.सी लाईन लिनका लागि तारको टुप्पोमा प्लग को प्रयोग गरिन्छ । प्लग पनि विभिन्न प्रकारका हुन्छन् जस्तै टु पिन प्लग, थ्रि पिन प्लग, फाईभ पिन प्लग आदि ।  
 

प्रतिक्रिया