विद्यार्थीहरुलाई लक्षित गर्दै “स्मार्टर” मोबाइल एप सार्वजनिक

  • प्रकाशित मिति : Wed-31-Jul-2019
  • - Admin
title

 
काठमाण्डौ, साउन । म्याक्स कनेक्टले विद्यार्थीलाई लक्षित गरी  ‘स्मार्टर’ नामक मोबाइल एप सार्वजनिक गरेको छ । डिजिटल प्रणालीबाट सिक्न चाहने विद्ययार्थीहरुका लागि उक्त एप उपयोगी हुने कम्पनीको भनाइ छ । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीलाई लक्षित गरी उक्त एप ल्याएको कम्पनीले ल्याएको हो । 
 यस एपमार्फत विद्यार्थीले घरबाटै अडियो भिजुअलको माध्यमबाट अध्ययन गर्न सक्नेछन् । अनलाइनबाट खरीद गर्न सकिने यो सिस्टमका लागि क्यास, बैंकिङ सिस्टम, खल्ती र ई–सेवा आदिको प्रयोग गर्न सकिने कम्पनीले उल्लेख गरेको छ । स्मार्टरमा अन्य विषय पनि क्रमशः थपिने योजना भएको कम्पनीको भनाइ छ । यसमा कोर्स अनुसार आवश्यक मात्रामा अध्ययन सहयोगी भिडियो सामग्री राखिएको छ । यसलाई मल्टिपल प्रयोगकर्ताले पनि उपयोग गर्न सक्नेछन् । कम्पनीले म्याक्स कनेक्टका देशभरका डिलरमार्फत हरेक स्कूलसम्म पुग्ने योजना रहेको बताएको छ ।
 म्याक्स कनेक्ट टीमले यसअघि नै ‘म्याक्स कनेक्ट इआरपी’ मोबाइल एपमार्फत नेपाल र भारतका ४०० स्कूल र २ लाख विद्यार्थीलाई सेवा दिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया