रोल्पाका ५६५ विपन्न नागरिकलाई विद्युत मिटर वितरण
- प्रकाशित मिति : Wed-31-Jul-2019
- - Admin

रोल्पा, साउन । रोल्पाका ५ सय ६५ विपन्न घरपरिवारलाई ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको पहलमा निःशुल्क रुपमा विद्युतको मिटर वितरण गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर अति विपन्न वर्ग तथा सांस्कृतिक महत्वका सम्पदाहरुलाई निःशुल्क मिटर वितरण गरिएको हो ।
पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य ओनसरी घर्तिको प्रमुख आतिथ्यतामा रोल्पामा मिटर वितरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख घर्तिले मिटर वितरणले आम नागरिकलाई सहज विद्युत सेवा प्राप्त हुने बताए । मिटर वितरण कार्यक्रममा रोल्पाका विभिन्न स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।