भीसीटीएस मा १८ हजार व्यवसायी आवद्ध
- प्रकाशित मिति : Wed-31-Jul-2019
- - Admin

काठमाण्डौ, साउन । भेइकल कन्साइन्टमेन्ट ट्रयाकिङ सिस्टममा (भीसीटीएस) १८ हजार ५ सय ३८ व्यवसायी आबद्ध रहेका छन् । सरकारले भीसीटीएस सिस्टम लागु गरेको छोटो अवधिमा नै १८ हजार व्यवसायीहरु आवद्ध भएका हुन् ।
भीसीटीएस सिस्टममा ६ हजार २ सय १९ ट्रेडर्स, ५ हजार ९ सय ९५ वटा उद्योग, ३ हजार ४५ आयातकर्ता, होलसेलर १४ सय ३ रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
यस्तै ट्रान्सपोर्ट ७ सय २४, कस्टम ऐजेन्ट ५ सय ९४ र अन्य ४ सय ८५ वटा समाहित भएका छन् । उक्त प्रणाली सुरु भएपछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, ढुवानी व्यवसायीले विरोध गरेका थिए । ३ महिनासम्म विभागले यो प्रणालीको बारेमा सुसुचित गराउने विभागका निर्देशक राजिव पोखरेलले बताए । सो समयवधिमा पनि समाहित नभए १ रुपैयाँदेखी ५० हजार जरिवाना गर्ने जनाएको छ ।