भर्खरै

‘एक्सन रुम’बाट राष्ट्रिय गौरवका आयोजनाको अनुगमन

  • प्रकाशित मिति : Wed-31-Jul-2019
  • - Admin
title

 
काठमाण्डौं,  साउन । राष्ट्रिय गौरवका आयोजनाको अवलोकन अब ‘एक्सन रुम’बाट हुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण गरिएको ‘एक्सन रुम’बाट आयोजनाको अनुगमन हुने भएको हो । 
‘एक्सन रुम’ बाट आयोजनाहरूको स्थलगत अनुगमन गर्न आईपी क्यामेरा जडान गर्न लागेको प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ । क्यामरा जडान गरेपछि एक्सन रुम सञ्चालनमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताइएको छ ।
 
राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये ७ वटामा आईपी अनुगमन प्रणाली जडान गरी सञ्चालनमा ल्याइएको  छ ।  ‘एक्सन रुम’ कार्यान्वयनमा आएपछि विकास आयोजनालाई थप तीव्रताका साथ अघि बढाउन सकिने छ ।  राष्ट्रिय गौरवका ११ वटा आयोजनामध्ये बाँकी तीनवटामा सो प्रणाली जडान कार्य सम्पन्न भइसके पनि नेटवर्किङ समस्याका कारण सञ्चालनमा आउन सकेको छैन । ती आयोजनामध्ये राष्ट्रपति चुरे संरक्षण आयोजनामा सो प्रणाली अझै जडान हुन सकेको छैन ।
 
‘एक्सन रुम’ सञ्चालनसँगै मुलुकका विकास आयोजनाले थप गति लिनुका साथै कुनै विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नका लागि मुख्यमन्त्री काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीले जेठ १५ गते सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो संवाद गरी ‘एक्सन रुम’ उद्धघाटन  गरेका थिए ।
 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजनामा चार, रानी जमरा कुलरिया सिँचाइ आयोजनामा तीन, हुलाकी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गमा एक–एकवटा तथा गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा पाँचवटा ‘आईपी क्यामेरा’ जडान गरिसकिएको छ ।
त्यसै गरी पोखरा अन्र्तराष्ट्रिय विमानस्थलमा सात, माथिल्लो तामाकोसी जल विद्युत् आयोजनामा तीन, मेलम्ची खानेपानी आयोजनामा दुई, काठमाडौँ–तराई दु्रतमार्ग आयोजनामा एउटा क्यामेरा जडान गरिएको हो । राष्ट्रिय गौरवका हरेक आयोजनामा ६र६ वटा गरी कुल ६६ वटा क्यामेरा जडान गर्नुपर्नेमा अहिलेसम्म ३३ वटा जडान गरिसकिएको छ । 
‘एक्सन रुम’मा रहेका क्यामेराको नेटवर्किङ मुख्यमन्त्री कार्यालय र आयोजना स्थलमा रहेको क्यामेरासँग नेटवर्किङ गरेर मुख्यमन्त्रीसँग भिडियो संवाद र आयोजना स्थलको अनुगमन गर्ने गरिएको छ । ‘एक्सन रुममा तीन–तीनवटा टेलिभिजन, टेलिप्रिजेन्ट क्यामेरा र माइक स्पिकर जडान गरिने छ । त्यस्तै प्रदेश मुख्यमन्त्रीको कार्यालयमा निर्माण गरिने ‘भिडियो कन्फरेन्स रुम’मा एक÷एकवटा टेलिभिजन, क्यामेरा, माइक र डाटा ट्रान्सफर जडान गरिने छ । ‘एक्सन रुम’ निर्माणमा कुल चार करोड ४८ लाख रुपियाँको लागत लाग्ने भएको छ । 
 

प्रतिक्रिया