हुवावे र सामसुङलाई उछिन्दै रोयोलले ल्यायो विश्वकै पहिलो पट्याउन मिल्ने स्मार्टफोन

  • प्रकाशित मिति : Wed-31-Jul-2019
  • -
title

विश्वभर पट्याउन मिल्ने किसिमको स्मार्टफोनको चर्चा चलिरहँदा आगामी दिनमा यस किसिमको स्मार्टफोनको संख्या व्यापक मात्रामा बढ्नसक्ने अनुमान गरिँदै आएको छ । 
सामसुङ र हुवावेईले यसअघि नै पट्याउन मिल्ने किसिमको स्मार्टफोन सार्वजनिक गरिसकेका छन् । तर, उनीहरुको यस किसिमको स्मार्टफोन बजारमा ल्याउन अझै केही समय बाँकी छ । यस्तोमा स्मार्टफोन निर्माता कम्पनी रोयोलले आफ्नो फ्लेक्जिबल डिस्प्ले भएको स्मार्टफोन फ्लेक्सपाई बिक्रीको लागि उपलब्ध गराएको छ । 
फोन सार्वजनिक भएसँगै यसको परफरमेन्स परीक्षण गरिएको छ । रोयोलको फ्लेक्सपाइको डिजाइन निकै हदसम्म हुवावेई मेट एक्स प्रोसँग मिल्छ । डिजाइनको कारण यो फोनको डिस्प्लेमा स्क्र्याच हुने सम्भावना छ । परीक्षणको क्रममा पछाडितर्फ पट्याउँदा २०० डिग्रीसम्म घुमेको थियो । 
 
निश्चित विन्दु पार गरेपछि यो दुई भागमा विभाजित हुनेछ । यो डिभाइसमा ग्लासको प्रयोग भने गरिएको छैन । यसको कारण स्मार्टफोनमा स्क्र्याच हुने सम्भावना बढी छ । यसअघि सामसुङले पनि पट्याउन मिल्ने स्मार्टफोनमा देखिएको केही कमजोरीको कारण थप परीक्षण्पछि मात्र यसलाई बजारमा ल्याइएको बताएको थियो ।

प्रतिक्रिया