भर्खरै

जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी कारण एक साता देखि विद्युत् अनियमित

  • प्रकाशित मिति : Thu-01-Aug-2019
  • -
title
मार्तडी,साउन । सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको जेनेरेटरमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अनियमित भएको छ । गत साउन ८ गते दिउँसो देखि विद्युत् सेवा अवरुद्ध हुँदा एक हजार ३०० बढी ग्राहकले नियमित रूपमा बत्ती बाल्न पाएका छैनन् । 
 
विद्युत् सेवा सञ्चालन भइरहेको बेला एकाएक जेनेरेटरमा खराबी आएपछि अवरुद्ध बनेको विद्युत् सामान्यरूपमा सञ्चालन भए पनि जेनेरेटरले कम विद्युत् उत्पादन गर्ने भएकाले विद्युत् सेवा नियमति हुन नसकेको जलविद्युत् केन्द्रका व्यवस्थापक दयाराम पण्डितले बताए । विद्युतगृहमा रहेको उक्त मेसिन बनाउन भारतबाट दक्षकर्मी ल्याइसकेकाले नियमित विद्युत् सञ्चालन हुन अझ एक साता लाग्ने पण्डितको भनाइ छ ।
 
विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लामा सरकारी तथा गैरसरकारी सस्ंथाका दैनिक काम र जिल्लामा सञ्चालन हुँदै आएका विद्युतीय सञ्चारमाध्यममा समेत बाधा पुगेको छ । मार्तडीमा सञ्चालन हुँदै आएका दुई रेडियो र अन्य पत्रपत्रिकाको काममा समेत बाधा पुगेको बडीमालिका खबरका अनलाइन प्रकाशक प्रकाश सिंहले बताए । विद्युत् नियमित नहुँदा कार्यालयमा आएका सेवाग्राही पनि मर्कामा परेका छन् । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago