धनगढीमा रहेको एनसेल टावरमा आगजनी

  • प्रकाशित मिति : Thu-01-Aug-2019
  • -
title

 कैलाली,साउन ।  अज्ञात समूहले धनगढीमा रहेको एनसेल टावरमा आगजनी गरेको छ। धनगढी उप–महानगरपालिको –६ जालीमा रहेको एनसेल टावरमा बुधबार राति आगजनी गरिएको हो। 
 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बुधवार राति सवा १२ बजेको समयमा आगजनी गरिएको जनाए। उनले भने, ‘पर्चा पम्पेलेट केही भेटिएको छैन्। तर, विप्लव समूहले आगजनी गरेको आशङ्का गरेका छौँ।’  गेटको ताला काटेर टावरमा आगजनी गरिएको उनले बताए।  आगजनीबाट टावरका व्याट्रीहरु जलेका छन्।  एनसेल टावरमा आगजनी भएको खबर पाएपछि प्रहरी तत्काल घटना स्थलमा पुगेको थियो। प्रहरी तत्काल घटनास्थलमा पुगेपछि बढी क्षति हुन नपाएको उनले बताए। थाहा खबर

प्रतिक्रिया