भर्खरै

सिसी क्यामेराको फुटेजको सहयोगले अपराधी पक्राउ

  • प्रकाशित मिति : Thu-01-Aug-2019
  • - रासस
title

सुर्खेत,साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सिसी क्यामेराको फुटेजको साहयताले अपराधी पक्राउ गर्न सफल भएको छ ।
 
बुधबार मध्याह्न १२ः३० बजे वीरेन्द्रनगर नगरपालिका–६ मङ्गलगढी सुर्खेतस्थित पुरानो बसपार्क सडकखण्डमा एक वृद्धा महिलालाई ठक्कर दिएर फरार भएका युवकलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गुँरास गाउँपालिका–१ दैलख स्थायी घर भई हाल वीरेन्दनगर नगरपालिका–५ चिसापानी सुर्खेत निवासी २४ वर्षीय गगन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
 
प्रवक्ता क्षेत्रीका अनुसार भे८प ८१६० नंको मोटरसाइकलमा सवार चालक गुरुङले तीनकुनेचोकबाट मङ्गलगढीतर्फ आउँदै गर्दा वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेतका ६५ वर्षीया वृद्धा काली नेपालीलाई ठक्कर दिई गम्भीर घाइते बनाई फरार भएका थिए । घाइते नेपालीको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा बुधबार बेलुका मृत्यु भएको थियो ।
 
घटनालगत्तै प्रहरीले खोजी कार्यलाई तीव्र बनाएको थियो । प्रहरीले फरार युवकको मोटरसाइकलको नम्बर नखुल्दा १५० सिसीको निलो कलरको पल्सर मोटरसाइकल सिसी क्यामेरामा हेरेर पत्ता लगाएको थियो । त्यहीका आधारमा फरार मोटरसाइकल चालक गुरुङ र उनको पछि बसेका वीरेन्द्रनगरपालिका–५ चिसापानी सुर्खेतका २२ वर्षीय मनबहादुर धामीलाई बिहीबार नियन्त्रणमा लिई कारवाहीका लागि आवश्यक अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago