भर्खरै

म झण्डा हल्लाएर बस्न मात्र मन्त्री भएको होइन : ऊर्जामन्त्री पुन

  • प्रकाशित मिति : Fri-02-Aug-2019
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले अघि सारेको कामहरु पुरा गर्नु हामी सबैको जिम्मेवारी रहेकोले आफु पनि झण्डा हल्लाएर बस्न मात्र मन्त्री नभएको बताए । 
 
बिहिबार ऊर्जा मन्त्रालयको तेस्रो चौमासिक एवं वार्षिक प्रगति समीक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले यस्तो बताएका हुन् । 
 
 सरकारले ल्याएको काम तथा योजनाहरुको कार्यसम्पादन सम्झौताको सुरुवात गरेर नयाँ कार्यशैली अपनाएको र जनअपेक्षा पूरा गर्न आफू पनि अहोरात्र खट्ने भन्दै मातहतका निकायले पनि परिणाम दिने गरी काम गर्नुपर्ने बताएका छन् । बैठकमा बोल्दै मन्त्रीपुनले परिणाम आउने गरी काम नगरे कसैसँग पनि सम्झौता नगर्ने चेतावनी दिए । उनले सरकारले अघि सारेको योजनालाई मन भित्रैबाट पूरा गर्न मातहतका निकायलाई निर्देशन दिदैं ‘अब प्रक्रिया मात्र भनेर हुँदैन, तालिका बनाएर नै काम गर्नुपर्ने र काम नगरे कसैलाई पनि जिम्मेवारीमा नराख्ने चेतावनी पुनले दिए । 
 
उनले भने, ‘काम नगर्ने मन्त्री होस या सचिव कसैले पनि पद ओगटेर मात्र बस्न छुट छैन, आयोजना प्रमुख दुई वर्ष बस्नुपर्छ भन्ने हुँदैन।  ’ पुनले अब काम नगर्ने कर्मचारीसँग आफूले कुनै पनि हालतमा सम्झौता नगर्ने भन्दै हरेक महिना मन्त्रालयमा समीक्षा बैठक राखेर कामको प्रगति विवरण लिने उनले बताए । 
 
उनले भने, कागजमा निर्देशन दिने र प्रगति देखाउने प्रवृतिलाई निरुत्साहित गर्नेुपर्ने भन्दै उनले राष्ट्रिय गौरवका आयोजनाको हकमा फिल्डमै गएर काम कारर्वाही बुझ्न र परिणाममुखी काम गर्न उनले सम्बन्धित कार्यालय प्रमुखहरुको ध्यानाकर्षण गराएका छन् । ‘चिनेका साथीभाई हो, काम गर्छन् भनेर मैले भन्ने अवस्था छैन् । जुनसुकै काममा राम्रो परिणाम नदिने हो भने मैले अन्य विकल्प रोज्नुपर्र्नेे उनले बताए । 

प्रतिक्रिया