भर्खरै

अरुण तेस्रो जलविद्युतको प्रगतिबारे ऊर्जामन्त्रीको चासो

  • प्रकाशित मिति : Sun-04-Aug-2019
  • -
title

 काठमाडौं,साउन ।   भारतीय सरकारको लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ। भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिएका हुन्। 
 
भेटमा मन्त्री पुनले सरकारले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समय सिमा भित्र नै अरुण तेस्रो परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्याकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजिकरण गर्न तयार रहेको बताए। ‘सरकार र ऊर्जा मन्त्रालयले जलविद्युत क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रवन्धको व्यवस्था पनि हामीले मिलाएका छौँ। तपाईहरुले समयसिमा भित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामीलाई छ।’ मन्त्री पुनले भेटमा भने। एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण– ३ जलविद्युत परियोजना समयसिमा भित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाउनुभयो। उहांले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानिय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए।।धिमानले टनेलको १२ प्रतिशत काम सहित  परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए। भेटमा मन्त्री पुनले टनेल,आयोजनाको अवस्था, सुरक्षा व्यवस्था लगायतको बारेमा चासो राखेका थिए।
 
जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतिको बारेमा मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गरे। उनले नेपालमा पछिल्लो समय लगानीको लागी राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानीको लागि इच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिए। ९ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत आयोजनाबाट उत्पादित कुल विद्युतको झन्डै २२ प्रतिशत बिजुली नेपाललाई निशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्याश  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउनेगरी सरकारले सम्झौता गरेको छ।    थाहा खबर

प्रतिक्रिया