पाँच दिने नाडा अटो शो २०१९ हुँदै, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकता
- प्रकाशित मिति : Wed-07-Aug-2019
- - Admin

काठमाण्डौ, साउन । नाडा अटो शो २०१९ आगामी भदौ १० देखि १४ गतेसम्म काठमाण्डौको भृकुटीमण्डपमा हुने भएको छ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको आयोजनामा उक्त मेला हुने भएको हो ।
उक्त मेलामा यसपटक विद्युतीय सवारीसाधनलाई विशेष प्राथमिकता दिने भएको छ । अघिल्लो संस्करणको प्रदर्शनीभन्दा केही पृथक बनाउन यस वर्ष प्रदर्शनी स्थल विस्तारका साथै अवलोकनकर्ताका लागि आकाशे पुल निर्माण गर्न लागिएको एशोसिएशनले जनाएको छ । यसपटकको मेलामा बैंक तथा वित्त कम्पनीको समेत सहभागिता रहनेछ । अटो शोमा अवलोकनकर्ता र सहभागीको सहजताका लागि भृकुटीमण्डपको उद्यान समेत उपयोग गर्ने एशोसिएशनका सचिव तथा अटो शोका प्रचार प्रसार विभाग संयोजक अनुप बरालले जानकारी दिए ।
मेलामा दाय, बिवाईड एम ३, हुन्डाई कोना, किया निरो, टाटा टिगोर र एमजी जेडएस विद्युतीय सवारीसाधन प्रर्दशनीमा राखिने एशोसिएशनले जनाएको छ ।