भर्खरै

६० परिवारलाई गोबरग्यास वितरण गरिँदै

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - Admin
title

 
चितवन,साउन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरले त्यहाँ पालिएका गाईको गोबरबाट ६० परिवारलाई पुग्ने गरी ग्यास उत्पादनको अन्तिम तयारी गरेको छ । फार्ममा रहेका १६० गाईको मलमूत्रले धान्ने गरी २०० घनमिटरको गोबरग्यास प्लान्ट निर्माण गरिएको हो ।
 
कार्यक्रमका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार गोबरग्यास प्लान्ट निर्माण गरी घर–घरमा पाइप लाइन विस्तारसमेत गरिसकिएको छ । त्यहाँ उत्पादित ग्यास कार्यक्रमका कर्मचारीको आवास, राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमका कर्मचारीका आवास, प्रयोगशाला, गेष्टहाउस, खाजाघरमा जडान गरिएको छ ।त्यहाँ चाहिने चुलो, लाइटर, सवमिटरसमेत खरीद गरिसकिएको छ । आचार्यले दुई महिनाभित्र परीक्षणका रूपमा ग्यास वितरण गरिने बताए ।
 प्लान्टको ट्याड्ढीमा शुरुमा दुई लाख किलो गोबर आवश्यक पर्ने भएकाले केही दिन समय लागेको उहाँको भनाइ छ । फार्ममै रहेका गाईको गोबर संकलन गरी ट्याड्ढी भर्ने काम भइरहेको छ । ती गाईको दैनिक तीन हजार किलो गोबर संकलन हुने गरेको छ । 
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रु ८० लाख र कार्यक्रमको रु ६५ लाख लागतमा गोबर ग्यास प्लान्ट निर्माण गरिएको हो । यो सफल भएमा कार्यक्रमका अन्य सात ठाउँमा ग्यास उत्पादन गर्ने तयारी गरिएको छ । छ महिनासम्म परीक्षणका रूपमा निःशुल्क ग्यास वितरण गरिने भए पनि त्यसपश्चात सवमिटर हेरेर राजश्व असुल गरिनेछ । यसले राष्ट्रियरूपमा महत्व र सन्देश दिने भएकाले सरकारका उच्च अधिकारी निम्ता गरेर औपचारिक उद्धघाटन गर्ने तयारी गरिएको छ । रासस

प्रतिक्रिया