भर्खरै

विद्युतीय नक्शाको आवश्यकता र महत्व

  • प्रकाशित मिति : Wed-07-Aug-2019
  • - रुपा तुलाधर
title

 
अहिलेको समयमा विद्युत मानिसका लागि अनिवार्य आवश्यकता बनिसकेको छ । विद्युत विना मानिसले आफ्ना दैनिक कार्य गर्न समेत असहज बन्दै गएको छ । हिजो असम्भव लाग्ने कार्यहरु पनि  विद्युतका माध्यमबाट आज सरल र सहजै सम्पादन गर्न सकिन्छ । विश्वमा भएका हरेक घटना बारे जानकारी लिनका लागि  होस् वा मानविय श्रमले नभ्याउने कार्यहरु यान्त्रमानवका माध्यमबाट गर्नका लागि होस् विद्युत नै आवश्यकता पर्दछ । 
 
 हरेक क्षेत्रको कार्यसम्पादनका लागि आवश्यक पर्ने विद्युतको जति महत्व छ उति नै जोखिमपूर्ण र संवेदनशील रहेको छ । विद्युतका माध्यमबाट काम गर्ने क्रममा थोरै मात्र गल्ति हुने हो भने पनि ठूलो दुर्घटना निम्त्न सक्दछ । सम्भावित विद्युतीय दुर्घटनाबाट बच्नका लागि घर तथा भवन निर्माण गर्दा विद्युतीय नक्शाङ्कन अनिवार्य गर्नु पर्दछ भने गुणस्तरयुक्त विद्युतीय सामग्री प्रयोग गर्नु पर्दछ । 
कुनै पनि घर तथा भवन निर्माण गर्दा विद्युतीय नक्शा बनाएर विद्युतीय उपकरणहरु जडान गर्ने हो भने सम्भावित  विद्युतीय दुर्घटनाबाट बाट बच्न सकिन्छ । त्यस्तै घर भित्र विद्युतीय लाइनमा  समस्या आएको खण्डमा विद्युतीय नक्शाका आधारमा सहजै समाधान गर्न सकिन्छ । कतिपय विकसित मुलुकहरुमा जुनसुकै घर तथा भवन निर्माण गर्दा विद्युतीय नक्शाङ्कन अनिवार्य गरीएको भए पनि नेपालमा भने अनिवार्य रुपमा विद्युतीय नक्शा लागु हुन सकेको छैन । घर तथा भवन निर्माणका लागि नक्शा पास अनिवार्य  भए पनि विद्युत क्षेत्रमा काम गर्नका लागि विद्युतीय नक्सा  अनिवार्य गरीएको छैन ।
 
  विद्युतीय नक्शाङ्कन सम्बन्धि कुनै पनि प्रावधान नहुदा विभिन्न किसिमका विद्युतीय दुर्घटना हुने गरेको छ । विद्युतीय नक्शा नहुदा इलेक्ट्रिसियनहरुले हचुवाका भरमा हाउस वायरीङ गर्नु पर्ने, विद्युत सम्बन्धि समस्या आएको खण्डमा कुन ठाउँमा सास्या भएको हो सो ठाउँ पहिचान गर्न कठिन हुने र उपयुक्त ढंगबाट काम सम्पादन नहुने देखिन्छ । यस्ता समस्याहरुबाट बच्न तथा सुरक्षाका लागि विद्युतीय नक्शाङ्कन अनिवार्य रुपमा लागु हुनु पर्दछ । सरकार तथा सम्बन्धित निकायले  विद्युतीय नक्शा अनिवार्य गराएको खण्डमा सम्भावित विद्युतीय दुर्घटना र त्यसबाट हुने क्षति न्यूनिकरणमा सहयोग पुग्दछ । नेपाल सरकारले विद्युतीय क्षेत्रलाई प्राथमिकता दिइरहेको अहिलेको अवस्थामा विद्युतीय नक्शा पनि अनिवार्य गराउनु पर्दछ  । विद्युत उपभोक्तहरुलाई विद्युत प्रदान गरेर मात्र विद्युत प्राधिकरण तथा सरकारको जिम्मेवारी पुरा हुदैन । उपभोक्ता लाई सुरक्षा दिनु पनि प्राधिकरण र सरकारको जिम्मेवारी भित्र पर्दछ । उपभोक्ताको सुरक्षालाई दृष्टिगत गर्दै विद्युतीय नक्शा अनिवार्य गराउनु पर्दछ । 

प्रतिक्रिया