करेण्ट लागेर बालकको मृत्यु
- प्रकाशित मिति : Thu-08-Aug-2019
- - Admin

काभ्रे, साउन । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१ स्थित टुकुचा नालामा करेण्ट लागेर साढे तीन वर्षको बालक रिदेश श्रेष्ठको मृृत्यु भएको छ । रिमाल श्रेष्ठको छोरा रिदेशको आफ्नै घरमा पानी तान्ने मेशिनको तार समाउँदै खेल्दै गरेको अवस्थामा करेण्ट लागि घाइते भएको र बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको लागि लाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईले बताए ।