भर्खरै

विद्युत् उपकरण चोरी हुँदै,कसले चोर्दै छन् त ती उपकरण ?

  • प्रकाशित मिति : Sun-11-Aug-2019
  • - रासस
title

डोटी,साउन । उचित संरक्षण तथा संवद्र्धन नगरिँदा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको समूहगाढमा रहेको समूहगाढ जलविद्युत् आयोजनाका महत्वपूर्ण सामग्री धमाधम चोरी हुन थालेका छन् । विसं २०३८ मा दिपायलको कुलपाते नजिक समूहगाढ खोलामा निर्माण गरिएको २०० किलोवाट क्षमताको विद्युत् पावरहाउसमा विसं २०६६ भदौमा आएको बाढीपहिरोले क्षति पु¥याएपछि अहिले सो पावरहाउस बेवारिसे अवस्थामा रहेको छ ।
 
पावरहाउस बेवारिसे भएपछि अहिले त्यहाँ रहेका विद्युतका महत्वपूर्ण सामग्री चोरी हुने गरेको स्थानीयवासी डबलबहादुर बोगटीले बताए । उनले भने, “पहिरोले सामान्य क्षति पु¥याएको पावरहाउस मर्मत नगर्दा बेवारिसे बनाइयो, अहिले सामान चोरी हुँदैछ, कसैले वास्ता गरेका छैनन् ।”
 
बाढीपहिरोले पावरहाउसको पेनस्टक पाइप तथा पावरहाउसमा केही क्षति पु¥याएपछि अहिलेसम्म सो पावरहाउसको मर्मतकार्य नगरिँदा र पावरहाउसमा कर्मचारीसमेत नबस्दा सामान दिनहुँ चोरी हुन थालेको पावरहाउससँगै जोडिएको शिखर नगरपालिका–१ खातीगाउँका स्थानीयवासी खड्क खातीले बताए । उनले भने “पावरहाउसमा कोही पनि बस्दैनन्, राम्रा र महङ्गा सरसामान कवाड हँुदैछन् भने कयाँै सामान चोरी हुन थालेका छन् ।” 
डोटी साना जलविद्युत् कार्यालय दिपायलका प्रमुख बुद्धिनाथ झाले बाढीपहिरोले क्षति पु¥याएको सो पावरहाउस मर्मत गरेर विद्युत् सञ्चालन गर्नका लागि केन्द्रबाट टोलीसमेत आएको र खर्च बढी लाग्ने देखिएपछि उक्त कार्य बन्द गरिएको बताए । 
उक्त पावरहाउस पुनःनिर्माण गरी विद्युत सञ्चालन नगरिँदा डोटीमा अहिले दिनहुँजसो लोडसेडिङ्ग हुन थालेको छ । दार्चुलाको बलाचमा निर्माण भएको चमेलिया जलविद्युत् निर्माण भएपछि सुदूरपश्चिम लोडसेडिङमुक्त घोषणा गरिए पनि आन्तरिकरूपमा विद्युतमा आउने खराबीका कारण यहाँ दैनिकरूपमा लोडसेडिङ्ग हुन थालेको विद्युत् कर्मचारी बताउँछन् । 
उक्त पावरहाउसमा साना तथा काम लाग्ने कतिपय उपकरण चोरले चोरेर बिक्री गरिसकेको बताइएको छ । कसले चोर्दैछ त ती उपकरण भन्ने बारेमा न विद्युत् कार्यालयलाई जानकारी छ न नजिकैको सुरक्षाकर्मीलाई । धमाधम विद्युत्का सामग्री चोरी हुँदासमेत स्थानीय प्रशासन तथा सम्बन्धित कार्यालय मौन बसेको आरोप स्थानीयवासीको छ ।
 
डोटी साना जलविद्युत् केन्द्र दिपायलका प्रमुख बुद्धिनाथ झाले विद्युत् उपकरण चोरी गर्नेको बारेमा सुक्ष्मरूपमा अनुसन्धान तथा जानकारी लिने काम भइरहेको बताए । रासस

प्रतिक्रिया